मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २५ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २५ बुधबार २o:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिविका पदाधिकारीको राजीनामा मागेकामा अखिलको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २५ बुधबार २o:४७:oo

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको राजीनामा मागेकामा अनेरास्ववियुले विरोध जनाएको छ । त्रिविका पदाधिकारीले कमजोरीलाई ढाकछोप गर्न विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीलाई अपमान गरेको आरोप लगाउँदै प्राध्यापकका तीन संगठनले पदाधिकारीको राजीनामा मागेका थिए । 

बिहीबार अनेरास्ववियुका त्रिवि इन्चार्ज तथा केन्द्रीय कमिटीका सचिवालय सदस्य मदन विष्ट तथा त्रिविका संयोजक अम्मरराज जोशीले विज्ञप्ति जारी गरी पदाधिकारीको राजीनामा मागेकामा आपत्ति जनाएका छन् ।  

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गरी त्रिविका पदाधिकारी विश्वविद्यालयलाई निकास दिनेभन्दा कसैको स्वार्थमा लागेर वातावरण बिगारेको भन्दै मार्गप्रशस्त गर्न माग गरेका थिए । 

विश्वविद्यालयमा तालाबन्दीको संस्कारको बिउ रोप्ने, सरकारको तलबभत्ता खाएर विश्वविद्यालयलाई बन्दक बनाउने, सरकारनिकट मानिने प्राध्यापक संघ÷संगठनको वर्तमान विश्वविद्यालयका पदाधिकारीहरूको राजीनामा मागेको भन्दै अखिलले भर्त्सना गरेको छ। हरेक समस्या संवाद र छलफलबाट समाधान गर्न सकिने अखिलले जनाएको छ।