कावासोतीमा मृत गैँडा फेला

शुक्रबार, २० फागुन, २०७८
डिजिटल संस्करण

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिंगे गैँडा मृतावस्थामा फेला परेको छ। कावासोती नगरपालिका– १० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ। 

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताए। ‘सामुदायिक वनको बेलघारी सोराहामा निउराे टिप्न गएका स्थानीयले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो,’ तिवारीले भने, ‘त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम गर्याे ।’ मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए।

आज भेटिएकोसँगै चालू आर्थिक वर्ष ०७८–७९ मा मा ३० वटा गैँडा मृत फेला परेका तिवारीले बताए। यस वर्ष हालसम्म मरेका गैँडामध्ये २८ गैँडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैँडा चोरी सिकारीका कारण मरेका तिवारीको भनाइ छ। रासस

See More On

सुझावित समाचार