१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Wednesday, 26 June, 2024
२o७८ फाल्गुण १८ बुधबार २१:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अनुभव साटासाट गर्न सुदूरपश्चिमका मन्त्रीको टोली पोखरामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार २१:४७:oo

अनुभव आदानप्रदान गर्न अन्तरप्रदेश अवलोकनमा निस्केको सुदूरपश्चिम सरकारका तीन मन्त्रीसहितको टोली पोखरा आइपुगेको छ । गण्डकी प्रदेश सरकारले गरेका काम र लिएका अनुभवसँगै सुदूरपश्चिममा भए गरेका कामका बारेमा अनुभव साटासाट गर्न राजधानी पोखरा आएको टोलीलाई बुधबार अर्थमन्त्री रामजीप्रसाद बरालले स्वागत गरेका थिए ।

सुदूरपश्चिमबाट आएको टोलीमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आर्थिक मामिलामन्त्री तारा लामा तामाङ, राज्यमन्त्री माया तामाङ बोहरा, प्रमुख सचिव रामेश्वर दंगाल, मन्त्रालयका सचिवहरू, कर्मचारीलगायत १४ जना छन् ।

स्वागतपछि आयोजित कार्यक्रममा गण्डकीका अर्थमन्त्री बरालले देश संघीयतामा गए पनि संघ सरकार अझै पनि एकात्मक सोचका साथ अघि बढेकाले त्यसको विरुद्ध प्रदेश सरकारहरू एक हुनुपर्नेमा जोड दिएका थिए । प्रदेश सरकारलाई सक्षम र दिगो बनाउन आन्तरिक स्राेतको वृद्धिमा ध्यान दिन आवश्यक रहेको बरालको भनाइ थियो ।

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सोडारीले गण्डकीबाट आफूहरूले जलविद्युत्, पर्यटनलगायतका क्षेत्रका बारेमा धेरै कुरा सिक्ने मौका पाएको बताएका थिए । प्रदेशमा आन्तरिक राजश्व वृद्धिगर्नु मुख्य चुनौती रहेको भन्दै सोडारीले बजेट निर्माणको क्रममा बजेटको सीमासमेत नाघ्नुपर्नेे अवस्था सिर्जना भएको बताएका थिए । 

आर्थिक मामिलामन्त्री तामाङले संघ, प्रदेश र स्थानीय तहले गर्ने विकास आयोजना नतोकिँदा दोहोरोपनको समस्या भएको बताएका थिए।

ad
ad
ad
ad