१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १५ आइतबार
  • Monday, 01 July, 2024
२o७८ फाल्गुण १५ आइतबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दुई लाख ७२ हजार रुपैयाँबराबरको अवैध लत्ताकपडा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १५ आइतबार १७:४५:oo

सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट अवैध लत्ताकपडा बरामद गरेको छ । अवैध रूपमा भित्रिरहेको सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवा नाकाबाट अवैध लत्ताकपडा बरामद भएको सशस्त्र प्रहरी बल नम्बर ३० गण वागेश्वरीले जनाएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक तीर्थ भाटको कमान्डको टोलीले आइतबार बिहान ४ बजे दुई लाख ७२ हजार ३८० रुपैयाँबराबरका अवैध लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार, लेडिज सुट, लेडिज साडी, नेटको थान कपडा, थानको जेन्स अन्डरवेयरलगायत रहेका छन् । बरामद गरिएका लत्ताकपडा आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण वागेश्वरी जनाएको छ ।

ad
ad
ad
ad