१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १५ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १५ आइतबार o८:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार

एमाले महासचिव पोखरेलको नयाँ प्रस्ताव : नेपाललाई दुईदलीय प्रणालीमा लैजाऔँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १५ आइतबार o८:१o:oo

एमाले महासचिव शंकर पोखरेलले अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणालीलाई दुईदलीय प्रणालीमा लैजाने गरी बहस अगाडि बढाउनुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन् । नेपालसँग धेरै अस्थिरता र राजनीतिक दलबीचको झै–झगडा खेप्ने सामथ्र्य नरहेको दलिल पेस गर्दै पोखरेलले अबको चुनावी तयारीमा देशलाई दुई दलीय प्रणालीमा लैजाने बहसलाई जागरणका रूपमा चलाउन कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका छन् ।

‘यो मुलुकमा एउटा बलियो शक्तिको खाँचो छ । बाह्य हस्तक्षेप होस् या जनताको विकास र समृद्धिको आकांक्षा । जेसुकै काम गर्न पनि बलियो राजनीतिक शक्तिको आवश्यकता पर्छ । जति धेरै पार्टी त्यति धेरै अस्थिरता, जति धेरै पार्टी त्यति धेरै झै–झगडा यसलाई रोक्न अब नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणालीलाई टु पार्टी सिस्टमतर्फ लैजान जरुरी छ,’ एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको ११औँ सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले भने, ‘वामपन्थी आन्दोलनको शक्तिका रूपमा एमाले र दक्षिणपन्थी बुर्जुवा पार्टीका रूपमा कांग्रेस छन् । अरू पार्टीहरू त तिनीहरूका सहयोगीहरू हुन् ।’

देशलाई अस्थिरता र गरिबीबाट मुक्ति दिन पनि एमाले र कांग्रेसमा मुलुकलाई ध्रुवीकृत गरेर चुनावी अभियान चलाउन कार्यकर्ताहरूलाई निर्देशन दिँदै पोखरेलले थपे, ‘अब अरू पार्टीहरूलाई स्वतन्त्र रूपमा रहने अवस्था दिनुहुन्न । त्यस अर्थमा नेपालको राजनीतिलाई दुई ध्रुवमा बाँड्ने कुरा र त्यसमध्ये पनि बलियो ध्रुवका रूपमा एमालेको निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ ।’

पोखरेलले अबको चुनावबाट एमालेलाई मियो पार्टीका रूपमा स्थापित गर्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘अहिले सौर्यमण्डलको कुरा गर्दा पृथ्वी सबैभन्दा ठूलो छ भन्छौँ । एमालेको चुनाव चिह्न पनि सूर्य छ, राजनीतिको सौर्यमण्डल पनि एमालेलाई बनाउनुपर्छ, हाम्रो पार्टीको वरिपरि अरू पार्टीलाई घुम्ने बनाउनुपर्छ । एमालेको वरिपरि घुमाउने सामथ्र्य चुनावी अभियानबाट पैदा गर्नुपर्छ,’ पोखरेलले भने । 

एमसिसीको एजेन्डामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनमै तीनथरी कुरा गर्ने ‘छेपारे प्रवृत्ति’लाई पनि माथ गर्ने अस्थिर चरित्र देखिएको दाबी गर्दै पोखरेलले त्यस्तो प्रवृत्तिको अन्त्यका लागि एमालेले मिलेर चुनाव लड्न चुनौती दिए पनि पाँचदलीय गठबन्धन चुनावबाट भाग्न खोजेको आरोप पनि लगाए ।

ad
ad
ad
ad