मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १४ शनिबार १४:३४:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

पराजुलीको नियात्रा ‘जर्नी टु तिब्बत’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १४ शनिबार १४:३४:००

चर्चित नियात्राकार एवं सञ्चारविज्ञ विष्णुप्रसाद शर्मा पराजुलीको कृति ‘तिब्बत यात्रा’ अंग्रेजीमा अनुदूति भएको छ। प्रकाशक बुक्स हिमालयले काठमाडौं गेस्ट हाउसको प्रांगणमा एक कार्यक्रमबीच उक्त कृति लोकार्पण गरेको छ।

नियात्रामा तिब्बतको प्रकृति, संस्कृति र जीवनशैली मात्र होइन, भोटको जीवनदर्शनसमेत झल्काइएको छ। त्यसैले पनि अंग्रेजी पाठकहरूमाझ पनि यसले लोकप्रियता कमाउनेमा लेखक तथा प्रकाशक दुवै आशावादी छन्।  

लोकापर्ण कार्यक्रममा वरिष्ठ सञ्चारविज्ञ प्रा. रामकृष्ण रेग्मी, पत्रकारहरू श्रीरामसिंह बस्न्यात र प्रमोद प्रधानका साथै साहित्यकार छविरमण सिलवाल र प्रकाशक पवन शाक्यले पुस्तकको घुम्टो उघारे। ‘यस पुस्तकले पदयात्राको इच्छा जगाइदिन्छ’, लोकार्पण कार्यक्रमका प्रमुख अतिथि सञ्चारविज्ञ रेग्मीले भने, ‘पराजुलीले संवेदनशील भएर लेख्नुभएको छ। साहित्यप्रेमी  र घुमन्तेका अलावा प्लस टुका विद्यार्थीका लागि रिफरेन्स बुक बन्न लायक छ। यस्तै, सुन्दर पुस्तकहरू पढाएर अब पठन संस्कृति बढाउनुपर्छ।’  

अनुवाद राम्रो भएको भन्दै पुस्तकले तारिफ पाएको छ। ‘राम्रोसँग अनुवाद भएको पाएँ। अब पराजुलीका अन्य दुई कृतिहरू डोल्पो र श्वेत पर्वत पनि अंग्रेजीमा पढ्न पाइयोस्’, अर्का वक्ता पत्रकार बस्न्यातले भने।

यसअघि पराजुलीको ‘तिब्बत यात्रा’(२०७२), ‘डोल्पोः विश्वको जीवित संग्रहालय’ (२०७४) र ‘श्वेत पर्वत’ (२०७८) कृति प्रकाशित भइसकेका छन्। जर्नी टु तिब्बतमा रंगीन तस्बिरहरूको पनि प्रयोग भएको छ। ठाउँठाउँका नक्सा राखिएको छ। ३५६ पृष्ठको पुस्तकको मूल्य ९९५ रुपैयाँ राखिएको छ।