मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १३ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण १३ शुक्रबार १४:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालगन्जस्थित जमुनाह नाका ६० घन्टाका लागि बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १३ शुक्रबार १४:१३:oo

नेपाल–भारत सीमाको जमुनाह नाका शुक्रबार बेलुकादेखि बन्द हुने भएको छ । १५ फागुनमा भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा विधान सभाको निर्वाचन हुने भएपछि नेपालगन्जस्थित जमुनाह नाका ६० घन्टाका लागि पूर्ण रूपमा बन्द हुने बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । 

उनले शुक्रबार बेलुकी ६ बजेदेखि १६ फागुनको बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्ण रूपमा बन्द हुने जानकारी दिए । सीमानाकामा ६० घन्टासम्म सर्वसाधारण यात्रुलाई पैदल आवतजावतमा समेत पूर्ण रूपमा रोक लगाइएको उनले बताए । ‘एम्बुलेन्स र अति आवश्यक कामका लागि सुरक्षा निकायको अनुमतिमा आउजाउ गर्न दिइनेछ,’ उनले भने ।

आपतकालीन सेवाबाहेक अन्य कुनै पनि सवारीसाधन र पैदलयात्रुलाई आवागमनमा छुट नहुने इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ मीनबहादुर विष्टले बताए ।