१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १२ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १२ बिहीबार २१:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस–एमाले बालुवाटार वार्ता सकियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १२ बिहीबार २१:o२:oo

सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफल सकिएको छ । 

एमाले नेताहरू बाहिरिसकेका छन् भने कांग्रेस नेताहरू बाहिरिन बाँकी छ । 

कांग्रेस र एमालेबीच बिहीबार साँझ वार्ता भएको हो । बैठकमा कांग्रेसको तर्फबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए । एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए ।

यसअघि संसद् भवनमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बिहीबार दिउँसो वार्ता भएको थियो ।