मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ११ बुधबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ११ बुधबार २२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय ऊर्जासचिवले भेटे प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ११ बुधबार २२:४९:oo

भारतका ऊर्जा सचिव आलोक कुमारले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधवार साँझ शिष्टाचार भेट गरेका छन् । उनी विहीवार हुने ऊर्जा सम्बन्धी नेपाल भारत संयुक्त स्टेरिङ् कमिटीको बैठकमा सहमागी हुन काठमाडौं आएका हुन् । दुई देशबीच ऊर्जा सहकार्यका बिषयमा छलफल भएको प्रधानमन्त्री निकटस्थ स्रोतले जनाएको छ ।

सचिवस्तरीय बैठकको अघिल्लो दिन बुधवार सहसचिवस्तरीय नेपाल भारत ऊर्जा क्षेत्रमा सहकार्यका लागि संयुक्त कार्य समूहको बैठक बसेको छ । बैठकले विहीवार सचिबस्तरीय बैठकको एजेन्डा तयार गरेको छ । ऊर्जा सचिबस्तरीय बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जासचिव देवेन्द्र कार्कीले गर्नेछन् ।