१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ११ बुधबार
  • Saturday, 28 September, 2024
२o७८ फाल्गुण ११ बुधबार १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना संक्रमणका कारण जुम्लामा एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ११ बुधबार १८:o२:oo

जुम्लामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ निवासी ३३ वर्षीया बाटु सुनारको कोरोनाका कारण बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार सुनारको बिहान साढे एक बजे निधन भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा उनको निधन भएको जनाइएको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो प्रतिष्ठानमा उपचार गर्न आएकी सुनारको उपचारको क्रममा निधन भएको हो ।  उनको आरडिटी परीक्षण गर्दा कोरोना संक्रमण भएको थियो । प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार तेस्रो भेरियन्टबाट संक्रमित २८ जना कर्णाली प्रतिष्ठानमा भर्ना भएका थिए ।

दोस्रो लहरको संक्रमणका वेला २३ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक छ ।