मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १० मंगलबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १० मंगलबार २१:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाकिस्तानी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १० मंगलबार २१:४६:oo

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सिन्ध प्रान्तको सुकुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री भ्रमण गरी उद्योगीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । चेम्बरका अध्यक्ष आमिर अली खान घोउरी तथा चेम्बरका सदस्यहरसँग दुई देशबीच आर्थिक सहकार्यबारे विस्तृत छलफल गरेको राजदूत अधिकारीले जानकारी दिएका छन् । 

‘मैले नेपाल र पाकिस्तानबीच द्विपक्षीय सम्बन्धका आर्थिक पक्षहरूमाथि छलफल गरेँ, दुई मित्रवत् मुलुकका विभिन्न क्षेत्रहरूबीच आर्थिक सहकार्य हुनुपर्नेमा जोड दिएँ,’ अधिकारीले छलफलबारे भने, ‘उनीहरूलाई नेपाल भ्रमण गरेर व्यावसायिक अवसरहरूको खोजी गर्न अनुरोध गरेँ ।’ 

राजदूत अधिकारीले आफ्ना परिवार तथा मित्रहरूसँग नेपाल घुम्नसमेत आग्रह गरे । नेपाल सांस्कृतिक र हिमाली पर्यटनको केन्द्र भएको तथा दक्षिण एसियाको उत्कृष्ट आतिथ्यता नेपालमा प्राप्त हुनेसमेत उनले जानकारी दिएका थिए ।

राजदूत अधिकारीले नेपाल र सिन्धबीच आध्यात्मिक सम्बन्धमा पनि जोड दिएका थिए । सुक्कुर नेपालका एक भिक्षुले स्थापना गरेको राजदूत अधिकारीको भनाइ थियो । छलफलमा राजदूत अधिकारीलाई त्यहाँका व्यापारिक समुदायले त्यहाँका विभिन्न विषयमा प्रस्तुतीकरण गरेका थिए । चेम्बरका तर्फबाट उनीहरू नेपाल भ्रमणमा आउने र अवसरहरूको खोजी गर्ने वचनबद्धता दिएका थिए ।