मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १३:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशले कोभिडविरुद्धका प्रतिबन्धहरू नलम्ब्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२१:oo

बंगलादेशले कोभिड– १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरू अब नलम्ब्याउने जनाएको छ। यहाँको मन्त्रिपरिषद्का सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिएका हुन्। उनले अब बंगलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धहरूको समय नथप्ने जानकारी दिए।

बंगलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्धहरू लगाइएको थियो। विद्यालय, विश्वविद्यालय, होटेलहरू बन्द गर्नेदेखि सार्वजनिक स्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्धहरू लगाइएको छ।

ती प्रतिबन्धहरूको समय यही फेब्रुअरी २२ सम्म रहेको र अब त्यसलाई थप नलम्ब्याउने निर्णय सरकारले गरेको अनवारुलले जानकारी दिए। रासस/सिन्ह्वा