१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२o८१ जेठ १ मंगलबार १२:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खुम्बुका नागरिकद्वारा करिब सात टन फोहोर संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:१९:oo

सोलुखुम्बुको खुम्बुका नागरिकले बौद्ध धर्मावलम्बीहरूको धार्मिकस्थल नमोबुद्ध पुगेर सरसफाइ गरेका छन्। नाम्चे युवा समूह र नाम्चे महिला समूहद्वारा आयोजित सरसफाइ कार्यक्रमबाट नमोबुद्ध क्षेत्र आसपासमा वर्षौँदेखि फालिएका करिब सात टन फोहोर संकलन गरिएको छ।

सरसफाइ कार्यक्रममा ८३ जनाको सहभागिता रहेको थियो। चिसो छल्न खुम्बुबाट काठमाडौं पुगेका खुम्बुका नागरिकले धार्मिकस्थल सरसफाइ कार्यक्रमको आयोजना गरेका नाम्चे युवा समूहका सांस्कृतिक संयोजक छिमिकाल्देन शेर्पाले बताए। पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने गरी व्यवस्थित रूपमा संकलित फोहोर नेम्सेम्याक संस्थाको एउटा ट्रक र नमोबुद्ध नगरपालिकाको एउटा ट्रकबाट व्यवस्थापन गरिएको छ।

सरसफाइमा नमोबुद्ध गुम्बाका लामाहरू पनि सहभागी थिए। तीनवटा बसमा नमोबुद्ध पुगेका अभियान्ताको सरसफाइ कार्यक्रमलाई सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी), नाम्चे लज तथा होटेल एसोसिएसन, नाम्चे खानेपानी, नाम्चे गोन्दा व्यवस्थापन समितिले सहयोग गरेको थियो। उनीहरू विहान ८ देखि अपराह्न ४ बजेसम्म नमोबुद्ध क्षेत्र सरसफाइमा जुटेका थिए।

 

ad
ad