१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख ३१ सोमबार १८:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सत्तागठबन्धनका नेता / कार्यकर्ताले लगाए सप्तकोसी नगरपालिकामा ताला 

Read Time : < 1 मिनेट
सौरभ यादव राजविराज
नयाँ पत्रिका राजविराज
२o८१ बैशाख ३१ सोमबार १८:४९:oo

 सप्तरीको सप्तकोसी नगरपालिकामा तालाबन्दी भएको छ । सत्तागठबन्धनका चार दलसम्बद्ध नेता/कार्यकर्ताले संयुक्त रूपमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा योजना, लेखा र प्राविधिक शाखामा बिहीबार तालाबन्दी गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका नेता/कार्यकर्ताले गत माघ २४ गते ६ बुँदे माग राखी नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए ।आर्थिक वर्ष ०७८/७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, महालेखा नियन्त्रकका कार्यालयले देखाएको बेरुजुको विवरण तथा आन्तरिक लेखा परीक्षणको विवरण उपलब्ध गराई नगर कार्यपालिका र नगरसभाबाट पारित भएका कानुनी कारबाहीसम्बन्धी निर्णयहरूको विवरण उपलब्ध गराउनुपर्ने माग राखेका थिए ।

त्यस्तै कोभिड नियन्त्रणका खर्च भएका सबै विवरणलगायत विपद् व्यवस्थापनमा भएका कार्य र सोमा भएका खर्च विवरण उपलब्ध गराउनुपर्ने, सडक बोर्डबाट प्राप्त भएको रकमको विवरण, नगरपालिकामा खरिद गरेका विभिन्न निर्माण तथा ढुवानीमा प्रयोग भएका उपकरणको विवरण, त्यसको उपयोगितासहित सम्पूर्ण खर्चको विवरण उपलब्ध गराउनुपर्नेलगायतका माग अघि सारेका थिए ।

ज्ञापनपत्रबाट उठाइएका मागहरू ७ दिनभित्र कार्यान्वयन नभए थप संघर्षमा जाने अल्टिमेटमसमेत दिइएको थियो । सोहीअनुसार नै चार दलका नेता/कार्यकर्ताहरूले नगरपालिकामा तालाबन्दी गरेको जनाएको छ ।उता, नगरप्रमुख उत्तमकुमार शर्माले तालाबन्दी गर्ने दलका नेता र कार्यकर्ताहरूसँग वार्ताको प्रयास भइरहेको बताए । नगरप्रमुख शर्मा नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

ad
ad