आजको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई समावेश गरिएको छैन। कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसीलाई कार्यसूचीमा नराखी थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोकप्रस्ताव मात्रलाई कार्यसूचीमा समावेश गरेको हो।