मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण ४ बुधबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका वासिङ्टन
२o७८ फाल्गुण ४ बुधबार १२:३१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनका विषयमा कूटनीतिक समाधान खोजेको अमेरिकी राष्ट्रपतिको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o७८ फाल्गुण ४ बुधबार १२:३१:oo

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट पारेका छन्। यद्यपि, अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना भने नटरेको उनले बताएका छन्। उनले भनेका छन् कि हमलाको सम्भावना अझै उच्च रहेको छ र यदि त्यसो भएमा रुसले निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने हुन सक्छ।

मंगलबार टेलिभिजनमा प्रसारित सम्बोधनमा उनले यदि रुसले युक्रेनमा हमला गर्‍याे र त्यस्तो मानवीय क्षतिको अवस्था आयो भने त्यसका लागि जवाफ दिन अमेरिका तयार रहेको चेतावनी दिएका थिए।

राष्ट्रपति बाइडेनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको जानकारी दाबी गरेका छन्। तर, उता रुसले भने आफ्ना केही सैनिकहरू फर्कन थालेको घोषणा गरेको छ। तैपनि त्यसमा सत्यता नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ छ।

बाइडेनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको पनि सो सम्बोधनमा बताए। राष्ट्रपति बाइडेनले आफ्ना शत्रु रुसी नागरिक नभएको स्पष्ट गर्दै तर हमलाको अवस्था आएमा प्रतिबन्ध लगाउन आफूहरू तयार भएर बसेको धारणा राखे। रासस/सिन्ह्वा