१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३ मंगलबार
  • Saturday, 21 September, 2024
२o७८ फाल्गुण ३ मंगलबार १५:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उत्पीडितहरूलाई मूल प्रवाहमा नल्याएसम्म समाज रूपान्तरण हुँदैन : मुख्यमन्त्री राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ३ मंगलबार १५:१४:oo

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रूपान्तरणको अभियानमार्फत महत्वपूर्ण काम गरिरहेको बताएका छन्। मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, विसंगति अन्त्यका लागि सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको बताए।

उनले समाजमा पछि पारिएका महिला, दलितलगायतका उत्पीडितहरूलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले काम गरिरहेको बताए। यस अवधिसम्म बेटी पढाऔँ, बेटी बचाऔँ अभियान, छोरी शिक्षा बिमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालनलगायतका महत्वपूर्ण कामहरू गरिएको उनले उल्लेख गरे।

मुख्यमन्त्री राउतले भने, ‘समाज रूपान्तरण गर्ने किसिमका अभियानहरू पनि सञ्चालन गरेका यहाँहरू देख्नुहुनेछ। निश्चित रूपमा समाजमा रहेका कुरीति, आर्थिक, समाजमा रहेका विभिन्न किसिमका विकृतिहरूविरुद्ध जबसम्म महिलालाई सशक्त बनाइँदैन, दलितलाई मेनस्ट्रिममा ल्याइँदैन, उत्पीडनमा रहेका समुदायहरूलाई जबसम्म अगाडि ल्याउँदैनौँ। निश्चित रूपमा यो समाजलाई रूपान्तरण गर्न सकिँदैन।’

उनले प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सफल भ्रमण गराउनु र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि भ्रमण गराउनु सरकारको उपलब्धि भएको उल्लेख गरेका छन्।