१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २८ शुक्रबार १२:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनाकोठीबाट हराएको बालकुमारीको मूर्ति सातदोबाटोमा भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार १२:२३:oo

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको बालकुमारीको मूर्ति भेटिएको छ। शुक्रबार बिहान सातदोबाटोस्थित सशस्त्र प्रहरी क्याम्पनजिकै रहेको करुणा मन्दिरको बाहिर मूर्ति फेला परेको हो।

बिहान ६ बजे एक महिलाले मूर्ति देखेपछि प्रहरी परिसर जावलाखेललाई खबर गरेकी थिइन्। परिसरका एसएसपी यज्ञविनोद पोखरेलका अनुसार कोही व्यक्तिले रातको समयमा उक्त मूर्ति छाडेर गएको अनुमान गरिएको छ। 

बालकुमारीको मूर्ति ९ माघको मध्यराति हराएको थियो। हराएको भोलिपल्ट बिहान सुनाकोठीवासीले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे थप विवरण खोज्न यसअघि भएका मूर्ति चोरीका घटनालाई आधार मानेर अनुसन्धान भइरहेको थियो।  ‘निकै पुरानो उक्त मूर्तिको चौतर्फी खोजी भइरहेको थियो, सबैतिर निगरानी बढाएका थियौँ। मूर्ति चोर्ने व्यक्तिले रातको समयमा त्यहाँ राखिदिएका रहेछन्,’ एसएसपी पोखरेलले भने।

पोखरेलका अनुसार प्रहरी परिसर ललितपुर, महानगरीय अपराध महाशाखा र सिआइबी, चापागाउँ वृत्तको विशेष टोली मूर्ति खोजीमा खटिएको थियो। सोही दबाबमा मूर्ती चोरेका व्यक्तिले टाढासम्म पुर्‍याउन नसकेको अनुमान गरिएको छ।