१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २६ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ २६ बुधबार o७:१o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिड संक्रमणदर घट्यो : वृद्धवृद्धा र  दीर्घरोगी जोखिममै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ २६ बुधबार o७:१o:oo

५० प्रतिशत नाघेको कोभिड संक्रमणदर १३.८ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घन्टामा परीक्षण गरिएका १२ हजार ६ सय ९२ नमुनामध्ये एक हजार नौ सय ५७ मा संक्रमण पुष्टि भएको छ ।

वरिष्ठ भाइरोलोजिस्ट डा. शेरबहादुर पुन भन्छन्–

सामान्य लक्षण हुँदा  वयस्कहरूमा संक्रमणको असर देखिँदैन । तर, संक्रमण घट्यो भन्दै वृद्धवृद्धा र दीर्घरोगीहरूको बेवास्ता गर्दा झन् जोखिम बढ्न सक्छ । संक्रमण सामान्य बन्दै गए पनि वृद्धवृद्धा र दीर्घरोगीहरूको स्वास्थ्यमा परिवारका सदस्यहरूले उत्तिकै जिम्मेवार हुनुपर्छ ।

२५६ संक्रमित सघन उपचारमा 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर सघन उपचारमा मात्रै मंगलबार दुई सय ५६ जना उपचाररत छन् । यस्तै, सोमबार दुई सय ५५ र आइतबार दुई सय ६९ जना उपचाररत थिए । गत शनिबार दुई सय ५१, शुक्रबार दुई सय ४३ र बिहीबार दुई सय ८१ जना कोभिड संक्रमित आइसियूमा उपचाररत थिए । 

कुन प्रदेशमा कति खोप प्रयोग ?

देशभर तीन करोड ४३ लाख ५८ हजार २१७ डोज प्रयोग

कोभिड– १९ विरुद्ध खोप अभिलेखबारे छानबिन गर्न गठित समितिको निर्देशनअनुसार मंगलबारसम्म ७१ जिल्ला तथा ६४४ स्थानीय तहले विवरण दिएका छन् । ६ जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई बुधबारसम्म विवरण बुझाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयको विवरणअनुसार प्रदेश १ मा ५४ लाख एक हजार ५५० डोज, मधेसमा ५८ लाख ५९ हजार ६१५ डोज, बागमतीमा ८७ लाख ३२ हजार ८०२ डोज, गण्डकीमा ३४ लाख ९७ हजार ६०४ डोज, लुम्बिनीमा ५२ लाख १७ हजार ९८६ डोज, कर्णालीमा १७ लाख ८२ हजार १७० डोज र सुदूरपश्चिममा ३० लाख ६६ हजार ४९० डोज खोप प्रयोग भएको छ ।