१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २५ मंगलबार
  • Saturday, 29 June, 2024
२o७८ माघ २५ मंगलबार २२:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

आयल निगमको कार्यकारी निर्देशकमा आवेदन दिएका १६ जनाको प्रस्तुतीकरण ८ फागुनदेखि, एकको आवेदन रद्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २५ मंगलबार २२:१२:oo

नेपाल आयल निगमको कार्यकारी निर्देशक हुन आवेदन दिएका १६ उम्मेदवारलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ फागुनदेखि प्रस्तुतीकरणका लागि बोलाएको छ । १६ माघसम्मको समयसीमाभित्र आवेदन दिएकामध्ये भगवानपुर–२, सिराहाका संजयकुमारको दरखास्त रद्द गरिएको छ । बन्द खामभित्र आवेदन दिनुपर्ने मापदण्डविपरीत उनले खुला रूपमा कागजात पेस गरेकाले आवेदन रद्द गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।

आवेदन स्वीकृति हुनेहरूमा बैतडीका आनन्दबहादुर चन्द, कपिलवस्तुका भूपेन्द्रप्रसाद अर्याल, लमजुङका विष्णुबाबु मिश्र, गोरखाका चण्डिकाप्रसाद भट्ट, सिराहाका चित्तरञ्जन दास, बर्दियाका हरिभक्त शाही, पर्वतका हरिवंश आचार्य र तेह्रथुमका जीवनप्रकाश सिटौला रहेका छन् ।

त्यस्तै बाराका कृष्णप्रसाद यादव, चितवनका प्रा. डा. लक्ष्मण पौडेल, खोटाङका लोकबहादुर खड्का, डडेल्धुराका लोकराज पाठक, मोरङका पंकजकुमार दास, धनुषाका रामदेव यादव, सुनसरीका तारानाथ पौडेल र सुर्खेतका उमेशप्रसाद थानीको आवेदन स्वीकृति भई मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ ।

कार्यकारी निर्देशक छनाेटका लागि मन्त्रालयद्वारा गठित समितिका अनुसार आवेदकहरूलाई ८ देखि ११ फागुनसम्म व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र १२ देखि १६ फागुनसम्म अन्तर्वार्ताका लागि बोलाइएको छ । समितिका अनुसार आनन्दबहादुर चन्द, भूपेन्द्रप्रसाद अर्याल, विष्णुबाबु मिश्र र चण्डिकाप्रसाद भट्टलाई ८ फागुनमा कार्ययोजना प्रस्तुतीकरण र १२ फागुनमा अन्तर्वार्ताका लागि बोलाइएको छ ।

त्यस्तै चित्तरञ्जन दास, हरिभक्त शाही, हरिवंश आचार्य र जीवनप्रकाश सिटौलालाई ९ फागुनमा कार्ययोजना प्रस्तुतीकरण र १३ फागुनमा अन्तर्वार्ताका लागि बोलाइएको छ । कृष्णप्रसाद यादव, प्रा. डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का र लोकराज पाठकलाई १० फागुनमा कार्ययोजना प्रस्तुतीकरण र १५ फागुनमा अन्तर्वार्ताका लागि बोलाइएको छ ।

पंकजकुमार दास, रामदेव यादव, तारानाथ पौडेल र उमेशप्रसाद थानीलाई ११ फागुनमा कार्ययोजना प्रस्तुतीकरण र १६ फागुनमा अन्तर्वार्ताका लागि बोलाइएको छ ।

आयल निगमको कार्यकारी निर्देशक पद २३ पुसयता रिक्त छ । निगमको नायब कार्यकारी निर्देशक ई. सुशील भट्टराईले हाल निमित्तका रूपमा संस्थाको दैनिक कार्यसम्पादन गरिरहेका छन् ।

ad
ad
ad
ad