१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २५ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २५ मंगलबार o६:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतीय ‘एसेन्सो’ टायर बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २५ मंगलबार o६:२६:oo

नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’का अफ द रोड अर्थात् ओटिआर टायर भित्रिएका छन् । डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर नेपाली बजारमा ल्याएको हो ।   एक कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गरे ।

अध्यक्ष सिंहले निर्माण कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्टका लागि आवश्यक यस्ता ओटिआर टायर गुणस्तरीय हुनु आवश्यक रहेको बताए । गुणस्तरीय टायर उपलब्ध गराएर डेल्टा डिस्ट्रिब्युटर्सले नेपालको निर्माण कार्यलाई समेत गुणस्तरीय बनाउन सहयोग गर्दै आएको उनले बताए । उनले भने, ‘एसेन्सो ब्रान्डका टायरले पनि आगामी दिनमा यस कार्यमा सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।’

डेल्टा डिस्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले नेपाली ग्राहकको चाहनाअनुरूपका विश्वस्तरीय टायरहरू उपलब्ध गराउँदै आएको बताए । उनले भने, ‘यसैको निरन्तरताका रूपमा एसेन्सो ब्रान्ड भित्र्याएका हौँ ।’ यो ब्रान्ड नेपाली बजारमा रुचाइने सिंघानियाले विश्वास व्यक्त गरे ।  

यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटिजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रकजस्ता हेभी सवारीसाधनमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।