१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २० बिहीबार
  • Saturday, 29 June, 2024
एजेन्सी काठमाडौं
२o७८ माघ २० बिहीबार २o:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा ५० हजार टन गहुँ आपूर्ति हुँदै

Read Time : > 1 मिनेट
एजेन्सी काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २० बिहीबार २o:४५:oo

भारतले अफगानिस्तानका जनताका लागि मानवीय सहायता शीर्षकमा पठाएको ५० हजार टन गहुँको आपूर्ति आगामी सातादेखि सुरु हुने भएको छ । पाकिस्तानको बाटो हुँदै पठाएको गहुँ फेब्रुअरी १२ सम्म अफगानिस्तान पुग्न सुरु हुनेछ । भारतका लागि अफगानिस्तानका राजदूत फरिद मामुन्दजाइले पाकिस्तानको भूमि हुँदै भारतबाट गहुँ एक महिनाभित्रै अफगानिस्तानमा ढुवानी भइसक्ने जानकारी दिएका छन् । 

‘भारतले अफगान जनतालाई देखाएको सद्भावना र उदारता अनुकरणीय छ, यस्तो संकटको समयमा हामीले सहायता पाएका छौँ । फेब्रुअरी १० देखि १२ सम्म गहुँको आपूर्ति सुरु हुन्छ,’ राजदूत फरिदले नयाँ दिल्लीमा पत्रकारहरूसँग भने । 

भारतले अक्टोबर ७ मा पाकिस्तानलाई ५० हजार टन गहुँ पाकिस्तानी भूमि हुँदै अफगानिस्तानका जनतालाई पठाउने पारवहन सुविधाको लागि प्रस्ताव गरेको थियो । इस्लामाबादले नोभेम्बर २४ मा बाटो प्रयोगको अनुमति दिएको थियो । पाकिस्तानले भारतीय पक्षलाई सहयोगका लागि आश्वासन दिएको र सहज रूपमा गहुँ आपूर्ति हुन लागेको पनि फरिदले जानकारी दिए । 

उनले अफगानिस्तानलाई विकास सहायताको लागि भारतले बजेटमार्फत २ अर्ब भारतीय रुपियाँ विनियोजन गरेकामा पनि प्रशंसा गरे । कठिन समयमा भारतले सहयोग जारी राखेको उनको भनाइ थियो । भारतले इरानस्थित चाबाहार बन्दरगाहका लागि  एक अर्ब भारु विनियोजन गरेकामा अफगानिस्तानका व्यापारिक समुदाय उत्साही रहेको पनि राजदूत फरिदले जानकारी दिए । भारतले केही साताअघि  ६ टन औषधि र कोभिड–१९ विरुद्धको ५ लाख डोज खोप पठाएको थियो । अघिल्लो सरकारको पालामा भारत र पाकिस्तानबीच वार्षिक डेढ अर्ब अमेरिकी डलरबराबरको द्विपक्षीय व्यापार भएको भन्दै राजदूत फरिदले आगामी दिनमा यो वृद्धि हुनुपर्नेमा जोड दिएका छन् । 

भारतले अफगानिस्तानको तालिबान सरकारलाई  मान्यता दिएको छैन। काबुलमा समावेशी सरकार गठनका लागि भारतले आग्रह गर्दै आएको छ भने अफगानिस्तानको भूमि भारतविरुद्ध प्रयोग हुन नदिने सुनिश्चिततासमेत खोजेको छ । तर, अफगानिस्तानका जनताका लागि मानवीय सहायता भने भारतले पठाउँदै आएको छ ।

ad
ad
ad
ad