मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १९ बुधबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १९ बुधबार १८:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

६० प्रतिशत भारतीयलाई खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १९ बुधबार १८:४१:oo

भारत सरकारले वयस्क उमेर समूहका जनसंख्यामध्ये ७५ प्रतिशत र कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाएको छ । लोकनायक जयप्रकाश नारायण हस्पिटलका प्रबन्ध निर्देशक डा. सुरेश कुमारले ठूलो जनसंख्या भएको मुलुकका लागि ठूलो उपलब्धि भएको टिप्पणी गरेका छन् । 

‘खोपकरणमा भारत विश्वको गुरु भएको छ भन्न सकिने अवस्था सिर्जना भएको छ’ डा. सुरेशले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘यो गर्वको कुरा हो, ‘वयस्क जनसंख्याको ७५ प्रतिशतभन्दा बढीलाई खोप लगाइनु ठूलो उपलब्धि हो । विश्वका लागि यो उदाहरण भएको छ ।’ 

उनका अनुसार दिल्लीका शतप्रतिशत वयस्क उमेर समूहका मानिसले खोप पहिलो डोज खोप लगाएका छन् भने ८० प्रतिशतभन्दा बढीले दोस्रो खोप लगाएका छन् । दिल्लीका मात्रै १५ देखि १८ वर्ष उमेर समूहका ६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएको उनको भनाइ छ ।

दिल्लीमा कोरोना भाइरसका बिरामीको संख्या घटेको, संक्रमणदर सात प्रतिशतभन्दा पनि कम भएको पनि उनले बताए । दिल्लीमा कोरोना भएर अस्पताल भर्ना हुने दर ११ प्रतिशत रहेको पनि डा. सुरेशले बताए । ‘अस्पतालमा कोभिड बिरामीका लागि भनेर छुट्याइएका बेडमध्ये ८० प्रतिशतभन्दा बढी खाली छन्,’ उनले भने । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा १ अर्ब ७० करोड डोजभन्दा बढी खोप लगाइएको छ ।