१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १६ आइतबार
  • Sunday, 29 September, 2024
२o७८ माघ १६ आइतबार २o:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक किलो आठ ग्राम सुनसहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १६ आइतबार २o:३९:oo

कास्की प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित पोखराबाट एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नंम्बर १५ रामबजार बस्ने २५ वर्षका रमेश सुनार रहेका छन् ।

पोखरा नगर क्षेत्रसँगै जिल्लाका अन्य केही भागमा अवैध रूपमा सुनको ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले अवैध सुनसहित सुनारलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय गगनगाैँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार राति पोखरा महानगरपालिका वडा नंम्बर ३० पावरहाउस चोकस्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारीसाधन जाँच गर्ने क्रममा सुनारलाई पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार सुनारको साथबाट चारपाटे बिस्कुट आकारको अवैध सुनसँगै विभिन्न बैंक र सहकारीका चेकबुक चार थान बरामद गरेको तिवारीले जानकारी दिए । 

पक्राउ गरेका सुनारलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।