भारतको कर्नाटक राज्यले यो वर्ष देशकै सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी प्राप्त गर्ने स्थिति देखिएको छ । महाराष्ट्र, गुजरात र दिल्लीलाई उछिन्दै कर्नाटकले भारतको सबैभन्दा राम्रो लगानी गन्तव्यको रूपमा इतिहास रचेको छ ।
आर्थिक वर्ष २०२१–२०२२ को लगातार दुई त्रैमासिकमा, कर्नाटकले देशमा सबैभन्दा बढी एफडिआई आकर्षित गरेको द प्रिन्टले समाचार प्रकाशन गरेको छ । कर्नाटकका ठूला र मझौला उद्योग मामिलासम्बन्धी मन्त्री मुरुगेस निरानीले जनवरी पहिलो साता टेस्ला कम्पनीलाई लाई बेंगलुरुमा आमन्त्रित गरेका थिए ।
कर्नाटकले भारतमा कुल एफडिआईको क्रमशः ४८ प्रतिशत र ४१ प्रतिशत योगदान गरेको छ । गत वर्ष सेप्टेम्बर अन्तिमसम्म कर्नाटकले एफडिआई १.०२ लाख करोडभन्दा बढी प्राप्त गरेको थियो । यो भारतमा कुल एफडिआई प्रवाहको ४५ प्रतिशत हो ।
‘यदि यो क्रम जारी रह्यो भने, महामारीका बीचमा पनि कर्नाटकले यस आर्थिक वर्षमा महाराष्ट्र, गुजरात र दिल्लीलाई भारतको नम्बर एक लगानी गन्तव्यको रूपमा उछिन्दै इतिहास रच्न सक्छ’ प्रिन्टले लेखेको छ ।
लगानी आकर्षित गर्न कर्नाटकको सफलताको श्रेय विज्ञहरूले सरकारको लगानीकर्ता–मैत्री नीतिहरू, स्थानीय फर्महरूको उत्कृष्ट कार्य, विकास समर्थक कर्मचारी र राजनीतिलाई जाने जानकारहरू बताउँछन् ।
कर्नाटकमा एफडिआईको सबैभन्दा ठूलो प्रवाह एरोस्पेस र रक्षा निर्माण, एग्रोटेक, फिनटेक, बायोटेक, नानो टेक्नोलोजी, इलेक्ट्रोनिक्स, ड्रोन टेक्नोलोजी, आतिथ्य, खाद्य प्रशोधन, हार्डवेयर, र इलेक्ट्रोनिक प्रणाली डिजाइन र निर्माणमा भएको कर्नाटकका पूर्वमुख्यसचिव के रत्न प्रभाले जानकारी दिइन् ।
‘कर्नाटकका लागि पहिलो ठूला लगानीकर्ताहरूमध्ये एक अटोमोबाइल र एयरोस्पेसका लागि टोयोटा र बोइङ थिए,’ प्रभाले भनिन्, ‘हामी टुमाकुरुमा जापान औद्योगिक टाउनसिप, देवनहल्लीमा ताइवान औद्योगिक पार्क जस्ता देश–विशिष्ट औद्योगिक पार्क स्थापना गर्ने दिशामा अघि बढ्यौँ। हामीले टियर सहरहरूमा उद्योगहरू बेंगलुरुबाट बाहिर लैजान थप प्रोत्साहनहरू प्रस्ताव गरेका छौँ।’ लगानीकर्ताहरूलाई राम्रो रेस्पोन्स गर्नु, उनीहरूलाई आमन्त्रित गर्नुको परिणाम लगानीकर्ता भित्रिएको प्रभाको भनाइ छ ।
कर्नाटक भारतमा सबैभन्दा ठूलो सफ्टवेयर निर्यातक हो । तर, सबैभन्दा ठूलो लगानीको अवसर एयरोस्पेस, रक्षा निर्माण, विद्युतीय सवारीसाधन, सेमिकन्डक्टर उत्पादनका क्षेत्रमा रहेको छ । हाल, कर्नाटकले भारतको कुल एरोस्पेस निर्यातको अनुमानित ६५प्रतिशत हिस्सा ओगटेको छ ।
कर्नाटकमा एक दशकभन्दा अघि नै एरोस्पेस र डिफेन्स पार्कहरू स्थापना भएका थिए भने स्ट्रिमलाइन क्लियरेन्स कमिटी, ल्यान्ड बैंक स्थापना, इन्फोसिस र विप्रोका संस्थापकहरूले कर्नाटकका ब्रान्ड एम्बेसडरहरूका उद्योगीहरूलाई संलग्न गराएका थिए ।
कर्नाटकमा सेमिकन्डक्टर उत्पादन गर्ने कम्पनीहरूलाई शतप्रतिशत सहुलियतपूर्ण जग्गा, १० वर्षको लागि विद्युत् अनुदान र १० वर्षका लागि शतप्रतिशत सहुलियतयुक्त ताजा पानी दिने घोषणा सरकारले गरेको छ । “नयाँ उद्योग सुविधा ऐन (जुन २०२० मा पारित) अन्तर्गत राज्य उच्च–स्तरीय क्लियरेन्स समिति र राज्य–स्तरीय एकल विन्डो क्लियरेन्स समितिले प्राथमिकताका आधारमा परियोजना प्रस्तावहरू लिइरहेका जानकारहरूको भनाइ छ ।