मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १३ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १३ बिहीबार २o:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरमा भेरोसेल खोपको अभाव, वृद्धवृद्धाले भेरोसेलको बुस्टर डोज नपाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १३ बिहीबार २o:o६:oo

ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ । नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल लगाउने कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका ६० वर्षमाथिका व्यक्तिलाई कोभिशिल्डको बुस्टर डोज भने दिइने महानगरपालिकाले जनाएको छ ।