१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एजेन्सी नयाँ दिल्ली
२o८१ बैशाख ३१ सोमबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

जापानी पूर्वप्रधानमन्त्री आबेलाई नेताजी सम्मान

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o८१ बैशाख ३१ सोमबार १o:५o:oo

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई नेताजी रिसर्च ब्युरोले नेताजी पुरस्कार २०२२ प्रदान गरेको छ । भारतका स्वतन्त्रता सेनानी नेताजी सुभाषचन्द्र बोसको १२५औँ जन्मजयन्तीका अवसरमा आयोजितका कार्यक्रममा आबेलाई सम्मान गरिएको हो । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोलकातास्थित जापानी महावाणिज्य दूत नाकामुरा युटाकाले एल्गिन रोडस्थित बोसको निवासमा आयोजित कार्यक्रममा आबेको तर्फबाट उक्त सम्मान ग्रहण गरेका छन् । कार्यक्रमलाई भारतका लागि जापानी राजदूत सातोसी सुजुकीले नयाँदिल्लीबाट भर्चुअल माध्यममार्फत सम्बोधन गरेका थिए । 

कोलकातास्थित जापानका महावाणिज्य दूत नाकामुरा युटाकाले पढेर सुनाएको सन्देशमा आबेले सम्मानप्रति  कृतज्ञता व्यक्त गरेका छन्। उनले भने, ‘जापानको पूर्वप्रधानमन्त्री र प्रतिनिधिसभाको सदस्यको हैसियतले भारतसँग द्विपक्षीय सम्बन्धको विकासमा निरन्तर योगदान दिन म कटिबद्ध छु ।’
 

ad
ad