मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १० सोमबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १० सोमबार ११:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्मचारीमा संक्रमण देखिएपछि ललितपुर महानगरको अत्यावश्यकबाहेकका सेवा बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १० सोमबार ११:४२:oo

कर्मचारीलाई कोरोना संक्रमण भएपछि ललितपुर महानगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ। एक विज्ञप्ति जारी गर्दै महानगरले आजदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सेवा बन्द गरेको हो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार सयजनाभन्दा बढी कर्मचारीलाई कोरोना पुष्टि भएको छ। सोही कारण केही समयका लागि कार्यालय बन्द गर्नुपरेको अर्यालले जानकारी दिए। महानगरले अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा,  शववाहन, दमकल, एम्बुलेन्स, सरसफाइ, नगर प्रहरी परिचालनलगायत सेवा दिनेछ। यसबाहेक  एन्टिजेन परीक्षण पनि हरेक दिन सञ्चालन हुनेछ।