मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ९ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ९ आइतबार १७:o१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप ६,४६२ जनामा कोरोना संक्रमण, ८८ प्रतिशतमा ओमिक्रोनको संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ९ आइतबार १७:o१:oo

पछिल्लो २४ घन्टामा नेपालमा थप ६ हजार चार सय ६२ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ। १३ हजार तीन सय ७७ जनामा पिसिआर परीक्षण गर्दा पाँच हजार पाँच सय ९८ र चार हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा आठ सय ६४ जना गरी कुल ६ हजार चार सय ६२ नयाँ संक्रमित थपिएका हुन्।

सो अवधिमा एक हजार चार सय १६ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट चारजनाले ज्यान गुमाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ। आज संक्रमण भएका संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।