थप ६,४६२ जनामा कोरोना संक्रमण, ८८ प्रतिशतमा ओमिक्रोनको संक्रमण

आइतबार, ९ माघ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा नेपालमा थप ६ हजार चार सय ६२ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ। १३ हजार तीन सय ७७ जनामा पिसिआर परीक्षण गर्दा पाँच हजार पाँच सय ९८ र चार हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा आठ सय ६४ जना गरी कुल ६ हजार चार सय ६२ नयाँ संक्रमित थपिएका हुन्।

सो अवधिमा एक हजार चार सय १६ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट चारजनाले ज्यान गुमाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ। आज संक्रमण भएका संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सुझावित समाचार