१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ९ आइतबार
  • Sunday, 11 May, 2025
२o७८ माघ ९ आइतबार ११:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालकुमारी मन्दिरको पाँच सय वर्षभन्दा पुरानो मूर्ति चोरी    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ९ आइतबार ११:५४:oo

ललितपुर महानगरपालिका– २७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छविकालीन मूर्ति आज बिहान चोरी भएको छ। मूर्ति चोरी भएको खबर थाहा पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेश सभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय एवं प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको छ।

आज बिहान करिब ३ देखि ४ बजेको समयमा चोरी भएको हुन सक्ने अनुमान गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए। उनका अनुसार नौ ताला काटेर र चार ढोका फोरेर सो मूर्ति चोरी भएको छ। ५–६ सय वर्ष पुरानो लिच्छविकालीन मूर्ति चोरी घटना अत्यन्त दुःखद भएको भन्दै तत्काल खोजी गरी दोषीमाथि कारबाही गर्न मन्त्री भुसालले निर्देशन दिएकी छिन्। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर खोजी कार्यलाई तीव्र तुल्याइएको जनाएको छ। रासस