१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
भारत जोगबनीको टिकौलिया बस्ती र नेपालको दरैया बस्तीबीचमा रहेको दशगजा क्षेत्रमा एसएसबीले स्थापना गरेको सुरक्षा पोष्ट ।
गणेश लम्साल विराटनगर
२o८१ जेठ १ मंगलबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दशगजामा एसएसबीले बनायो सुरक्षा पोस्ट 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:३५:oo

भारतीय सीमा सुरक्षा बलले नेपाली प्रशासनसँग समन्वय नगरी दशगजामा सुरक्षा  पोस्ट स्थापना गरेको छ। विराटनगरस्थित जोगबनी नाकामा पर्ने विराटनगर महानगरपालिका2 १६ दरैयाबस्तीपारि भारत बिहार राज्यको अररिया जिल्लाको जोगबनी नगरको टिकौलिया बस्तीको दशगजा क्षेत्रमा समन्वयविनै एक्कासि एसएसबीले पोस्ट स्थापना गरेको हो। 

अन्तर्राष्ट्रिय कानुनअनुसार नेपाल–भारत सीमा क्षेत्रमा रहेको दशगजा क्षेत्रमा कुनै पनि देशले कुनै पनि संरचना बनाउन पाइँदैन। तर, भारतीय सीमा सुरक्षा बलले भने एक हप्तादेखि नेपाल प्रशासनसँग कुनै समन्वय नै नगरी एक्कासि पोस्ट स्थापना गरेको हो।

टिकौलिया र दरैया बस्तीको बीचमा पर्ने अस्थायी पोस्टमा एसएसबीका हतियारधारी जवानहरूले २४ घन्टा पहरा दिने गरेका छन्। कोरोना महामारी नियन्त्रण गर्न नेपालको प्रहरी प्रशासनले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अथक प्रयास गरिरहँदा भारतीय पक्षले खुला नाकाको दशगजा क्षेत्रमा पोस्ट निर्माण गरेको थिएन। स्थानीयवासी र सुरक्षा स्रोतका अनुसार एसएसबीले आफूहरूले दशगजामा नभई आफ्नै भूमिमा पोस्ट स्थापना गरेको बताइरहेका छन्।

दुई देशले दशगजाको मध्यबिन्दु निर्क्याेल गरेमा पोस्ट सार्न तयार रहेको एसएसबीले बताउँदै आइरहेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले एसएसबीले समन्वयविनै दशगजामा पोस्ट स्थापना गरेको आफूहरूले जानकारी पाएको र सोबारे सशस्त्र प्रहरीको सीमा सुरक्षा बललाई बुझेर जानकारी गराउन र  भारतीय काउन्टरपार्टसित सोधपुछ गर्ने काम भइरहेको बताए। यसअघि पनि जोगबनी नाकामा पटकपटक एसएसबीले दशगजा क्षेत्रमा आफूखुसी अस्थायी पोस्ट स्थापना गर्दै आएको थियो। 

 

ad
ad