१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format o९:३३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनीका ट्रक व्यवसायीहरुले जोरबिजोर प्रणालीमा ढुवानी कार्ड प्रयोग गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३३:oo

लुम्बिनी प्रदेश भित्रका ट्रक यातायात व्यवसायीहरुले पार्किङ स्थलमा गाडी राखी जोर बिजोर प्रणालीमा ढुवानी कार्ड मार्फत सामान लोड गर्ने निर्णय गरेका छन् ।दुर्घटना न्यूनिकरण, कोभिडको महामारीबाट सुरक्षित रहन र ढुवानीको उचित भाडा लिनका लागि ट्रक यातायात व्यवसायीहरुले पार्किङ स्थलमा गाडी राख्ने अनि जोरबिजोर प्रणालीमा ढुवानी कार्ड मार्फत सामान लोड गर्ने निर्णय गरेका हुन् । 

नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको बिहीवार र शुक्रवार रुपन्देहीमा भएको भेलाले प्रदेशका सबै यातायात व्यवसायी संघ संस्थाले आ-आफ्नो क्षेत्रमा पार्किङ स्थल बनाएर सोही स्थानबाट गाडी संचालन गराउने निर्णय गरेको छ । 

महासंघले गरेको निर्णयलाई  बेवास्था गरी कार्यान्वयन नगर्ने सवारी धनीलाई संस्थावाट उपलब्ध गराउने दुर्घटना सुविधावाट बन्चित गरिने भेलाले निर्णय गरेको लुम्बिनी प्रदेशका अध्यक्ष यम प्रसाद पाण्डेले जानकारी दिए ।

त्यस्तै भेलाले ईन्धनमा भएको मुल्य वृद्धिको अनुपातमा भाडा समायोजन गर्न नेपाल सरकार र सरोकारवाला निकायमा तत्काल अनुरोध गर्ने र सबै व्यवसायीहरुले नयाँ भाडादरमा ढुवानी गराउन निर्देशन गर्ने र कोभिडबाट  सुरक्षित हुन जोरबिजोर प्रणालीमा ढुवानी गर्ने निर्णय गरेको छ ।

माघ १५ गतेसम्म प्रचार प्रसार गरी सबै गाडी धनी र चालकहरुलाई जानकारी गराउने र माघ २१ गते देखि पार्किङ स्थलवाट ढुवानी कार्ड मार्फत लोडिङ गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । 

अन्य प्रदेशमा रहेका यातायात व्यवसायीहरुलाई पनि यहाँको निर्णय लागु गराउन महासंघले पहल गर्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आह्वानमा भएको भेलामा महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, पश्चिमाञ्च यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, वाणगंगा यातायात व्यवसायी समिति, राप्ती संयुक्त ट्रक यातायात व्यवसायी समिति र भेरी यातायात व्यवसायी समितिका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 

भेलाले पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्षद्वय गणेश घिमिरे, गुप्तबहादुर केसी रामु, व्यवसायी युवराज पन्त, बसन्त खड्का, राप्तीका ईश्वरी पाण्डेलाई प्रदेश सदस्यमा मनोनित गरेको अध्यक्ष पाण्डेले बताए । 

भेलाले गरेका निर्णयहरुलाई कार्यान्वय गरे नगरेकोबारे अनुगमन गर्न प्रदेश अध्यक्ष यम प्रसाद पाण्डको  संयोजक र वाणगंगा समितिका महासचिव लक्ष्मण भुसालको सहसंयोजकमा प्रदेशका सवै यातायात व्यवसायी संस्थाको प्रतिनिधित्व हुने गरी १३ सदस्यीय अनुगमन समिति गठन गरेको छ । अनुगमन समितिले निर्णय कार्यान्वय गराउने सवालमा प्रभावकारी रुपमा काम गर्ने बताइएको छ  ।