१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०८:३५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई दिनको करेक्सनपछि सेयर बजार लयमा फर्किंदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०८:३५:००

दुई दिनको करेक्सनपछि सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार लयमा फर्किएको छ । दुई दिनमा ४९ दशमलव १३ अंकले घटेर नेप्से पुनः लयमा फर्किएको हो । नेप्से सूूचक ३३ दशमलव शून्य तीन अंकले बढेर दुई हजार नौ सय ३१ दशमलव ३४ बिन्दुमा पुगेको छ । 

त्यस्तै ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स चार दशमलव शून्य नौ अंकले बढेर पाँच सय ४३ दशमलव ७४ बिन्दुमा पुगेको छ । नेप्सेको प्राविधिक पक्षलाई हेर्दा आजको बजारमा नाफा बुक गर्ने लगानीकर्ताको संख्या अघिल्लो दिनको तुलनामा कम देखिएको छ भने समानान्तर दिशामा सूचक अघि बढेको छ । यसले आगामी दिनमा बजार सकारात्मक रूपमै अघि बढ्ने संकेत गरेको छ ।

फेरि पनि लगानीकर्ता नाफा बुक गर्नतर्फ लाग्न नसक्ने भन्न सकिन्न । प्राविधिक कुरालाई राजनीति र अहिले देखिएको बढ्दो कोरोना भाइरसको संक्रमणको दरले पनि प्रभावित बनाउन सक्छ । त्यसैले लगानीकर्ताले लगानी गर्दा विशेष होसियार अपनाउनु उपयुक्त हुनेछ । अहिले वाणिज्य बैंकहरूको रिपोर्ट पनि सार्वजनिक भएको छ भने सेयर कर्जाहरू सहज पाउन थालिएको अनुमान लगानीकर्ताले गर्न थालेका छन् ।

बजारमा सक्रिय लगानीकर्ता खुलेर बजारप्रति लागेका छन्, त्यसले पनि बजार बढ्नलाई थप बल पुर्‍याएको छ । सेयर कारोबार रकम पनि पछिल्लो समय बढिरहेको छ । करेक्सन हुँदै बजार अघि बढ्नु सकारात्मक हो, सानो करेक्सन हुँदैमा आत्तिन नहुने लगानीकर्ता बताउँछन् । बिहीबार कारोबारमा आएका १३ समूूह सूूचकमध्ये ११ वटा समूूहका सूूचक सकारात्मक रहेका छन् । विकास बैंक, फाइनान्स, जलविद्युत्तिर लगानीकर्ताले लगानी बढाएका छन् । अधिकांश कम्पनीहरूले साधारणसभा सम्पन गरी बोनस वितरण केहीले गरिसके भने केहीको बाँकी रहेको अवस्था छ । त्यसैले पनि लगानीकर्ता समूह फेरी–फेरी लगानी बढाइरहेका छन् ।  

बिहीबार एक सय ६० वटा स्क्रिप्टको सेयर मूूल्य बढेको छ भने २५ वटा स्क्रिप्टको सेयर मूूल्य मात्र घटेको छ । दोहोरो अंकले बढेको नेप्सेमा तीनवटा कम्पनीको सेयर मूूल्य सर्किट मूूल्यमा कारोबार भएको छ । मैलुङ खोला जलविद्युत् कम्पनी, तेह्रथुम पावर कम्पनी, बुद्धभूूमि हाइड्रोपावर कम्पनीको सेयर मूूल्य १० प्रतिशतले बढेर सर्किट मूूल्यमा कारोबार भएको छ । न्यादी हाइड्रोपावर, गुराँस लाइफ इस्योरेन्सको सेयर मूूल्य ८ प्रतिशतले बढेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ स्क्रिप्टको एक करोड ५९ लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ । आइएमई जनरल इस्योरेन्स, अपि पावर कम्पनी, शिखर इस्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, नेपाल दूरसञ्चार कम्पनीको सेयर २२ करोड रुपैयाँदेखि १५ करोड रुपैयाँसम्म सेयर कारोबार भएको छ ।