मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ७ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ७ शुक्रबार o९:३७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पाँच महिनापछि बोर्डले दियो पाँच कम्पनीलाई आइपिओ निष्कासनको अनुुमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ७ शुक्रबार o९:३७:oo

नेपाल धितोपत्र बोर्डले पाँच महिनापछि पाँचवटा कम्पनीहरूलाई आइपिओ निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सेयर खरिदमा अनिमियता आरोपमा निलम्बनमा परेपछि नेतृत्वविहीन बनेको बोर्डले आइपिओ निष्कासनको अनुुमति दिएको थिएन । कम्पनीहरूले सम्पूूर्ण पक्रिया पूरा गरेर पनि निष्कासनको अनुुमति नपाएपछि आलोचित बनेको बोर्डले प्रक्रिया पूरा गरेका पाँचवटा कम्पनीको एक अर्ब २१ करोड मूूल्यबराबरको एक करोड २१ लाख कित्ता आइपिओ सेयर निष्कासनका लागि अनुमति दिएको हो । अनुुमति पाउनेमा तीनवटा लघुुवित्त वित्तीय संस्था र दुुईवटा हाइड्रोपावर कम्पनी रहेका छन् । 

जसमा निस्डो समृद्ध लघुुवित्त वित्तीय संस्थाको आठ लाख २८ हजार कित्ता सेयर, जल्पा सामुुदायिक लघुुवित्त वित्तीय संस्थाको पाँच लाख २२ हजार कित्ता सेयर र राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्थाको आठ लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि बोर्डले अनुमति दिएको छ । त्यस्तै, हाइड्रोपावरतर्फ बलेफी हाइड्रोपावर कम्पनीले ३६ लाख ५५ हजार कित्ता र ग्रिनभेन्जर हाइड्रोपावर कम्पनीले ६२ लाख ५० हजार कित्ताका लागि बोर्डबाट अनुुमति पाएका छन् । 

करिब तीन अर्बको आइपिओ पाइपलाइनमा
नेपाल धितोपत्र बोर्डमा करिब तीन अर्ब रुपैयाँबराबरको आइपिओ निष्कासनका लागि तयारी अवस्थामा छन् । समीक्षागत तहमा पुुगेर टिप्पणी पठाएका र अन्तिम निष्कासनको मुखमा पुुगेर बोर्डबाट अनुुमति मात्र बाँकी रहेका कम्पनी गरी दुई अर्ब ९८ करोड मूूल्यबराबरको दुुई करोड ९८ लाख कित्ता आइपिओ निष्कासन गर्नका लागि बोर्ड अनुमतिको पर्खाइमा रहेका छन् ।

जसमा तीनवटा लघुवित्त रहेका छन् भने आठवटा हाइड्रोपावर कम्पनीहरू रहेका छन् । एक इस्योरेन्स कम्पनी, दुुईवटा माइक्रो फाइनान्स र दुुईवटा अन्यअन्तर्गत कम्पनीहरू रहेका छन् । जुुन सम्पूूर्ण तयारी पूरा गरी अन्तिम तयारी अवस्थामा पुुगेका छन् ।

बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले तत्काललाई पाँचवटा कम्पनीलाई अनुुमति दिएको र आगामी दिनमा यी पक्रिया पुुगेका र समीक्षा गर्न बाँकी कम्पनीको काम तीव्र रूपले अघि बढ्ने बताए । ‘अहिले हामीले अनुुमति दियौँ, बोर्डले नेतृत्व पाएपछि थप कम्पनीका फाइलहरू अघि बढ्ने नै छन्,’ गिरीले भने ।