मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ५ बुधबार १६:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको लोकप्रियताबाट गठबन्धन सरकार निर्वाचन नगराउने षड्यन्त्रमा लाग्याे : पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ५ बुधबार १६:३२:००

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले एमालेको लोकप्रियता देखेर गठबन्धनको सरकार अत्तालिएको टिप्पणी गरेका छन् ।  नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्रमा लागिपरेको आरोपसमेत लगाए ।

उनले निर्वाचन आयोगले भोलि (बिहीबार) सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने चेतावनी दिए ।  बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले  समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गरे । उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबीसमेत गरे ।

उनले सर्वाेच्चबाट गलहत्याइएको दल एमाले चुनावको पक्षमा भएको जिकिर गरे । उनले एमालेले चुनाव गराउन चाहेको र निर्वाचन आयोगले दिएको मिति वैशाख १४ र २२ गतेभित्र चुनाव गरान सरकारसँग आह्वानसमेत गरे ।