१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ ५ बुधबार १५:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनलाइन परीक्षा हुनुपर्ने माग राख्दै विद्यार्थीद्वारा आन्दोलन, ११ जना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार १५:२९:oo

पूर्वाञ्चल विश्वविद्यालयको बिए एलएलबी चाैथाे सेमेस्टर तहको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने माग राख्दै विद्यार्थीले बानेश्वरस्थित कान्तिपुर इन्टरनेसनल कलेज परिसरमा आन्दोलन गरेका छन्। उनीहरूले कोरोना संक्रमण बढिरहेको वेला भौतिक रूपमा परीक्षा सञ्चालन गराएको भन्दै आन्दोलन गरेका हुन्। 

परीक्षा सञ्चालन हुने समयमा आन्दोलन र होहल्ला गरेको भन्दै प्रहरीले ११ जनालाई कलेजको गेटबाट पक्राउ गरेको छ। उनीहरूलाई नयाँ बानेश्वर वृत्तको प्रहरीले पक्राउ गरेको हो। अहिले परीक्षा चलिरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा परीक्षामा सामेल नहुनेमध्येका रहेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार उनीहरूले कलेज परिसरमै पुगेर नाराजुलुससँगै विरोध गरेका थिए। तोडफाेड गर्ने शैलीमा विद्यार्थीहरू पुगेपछि नियन्त्रणमा लिइएको मैनालीले जानकारी दिए।