१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २ आइतबार ०७:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः पौडेल, ३८ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २ आइतबार ०७:३०:००

नबिल बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष पुनः उपेन्द्रप्रसाद पौडेल चयन भएका छन् । बैंकको ३७औँ वार्षिक साधारणसभाले आर्थिक वर्È ०७७÷७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६०५ बोनस सेयर र ४.४०५ नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आव ०७७/७८ मा निजी क्षेत्रका बैंकहरूमध्ये उच्चतम मुनाफा चार अर्ब ५३ करोड रुपैयाँ हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रतिसेयर आम्दानी ३३.५७ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै दुई खर्ब ९१ अर्ब रुपैयाँ पुर्‍याएको छ ।

समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात् बैंकको पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार सात सय ४५ रुपैयाँ पुगेको छ । सभाले संस्थापक सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद २ (दुई)का लागि उदयकृष्ण उपाध्याय र एनबी (इन्टरनेसनल) लिमिटेडलाई प्रतिनिधित्व गर्दै उपेन्द्रप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको छ ।