१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १ शनिबार १२:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउने, परराष्ट्रको टोली काबुल जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १ शनिबार १२:४१:००

नेपालले अफगानिस्तानका नागरिकका लागि औषधि, लत्ताकपडासहितका मानवीय सहयोग पठाउने भएको छ । सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालसहितको टोली आइतबार बिहान हिमालयन एयरलाइन्सको चार्टर्ड उडानबाट काबुल जाने बताइएको छ । नेपाल सरकारले तालिबान नेतृत्वको सरकारलाई मान्यता नदिएका कारण सहसचिव लम्सालले काबुलस्थित संयुक्त राष्ट्रसंघीय अधिकारीलाई मानवीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम छ । 

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक रहेको अफगानिस्तान तालिबानले शासनसत्ता सम्हालेपछि संकटमा छ । पाकिस्तानका लागि पूर्वराजदूत रहेकी लम्साल, परराष्ट्रका अधिकारी र केही सञ्चारकर्मीसहितको टोली हिमालयन एयरलाइन्सबाट आइतबार गएर सोही साँझ स्वदेश फर्किने कार्यक्रम रहेके छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले काबुल जाने टोलीलाई आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ । 

परराष्ट्र मन्त्री खड्काको आग्रहमा नेपालका उद्योगी व्यवसायीले काबुल पठाउने मानवीय सहायता सामग्री उपलब्ध गराएका छन् । अफगानिस्तानका आधाभन्दा बढी जनसंख्या भोकमरीको चपेटामा परेको अन्तर्राष्ट्रिय संगठनहरूले भन्दै आएका छन् । छिमेकी भारत, पाकिस्तानलगायत मुलुकले काबुलमा मानवीय सहायता उपलब्ध गराउँदै आएका छन् । 

गत अगस्ट १५ मा अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि अफगानिस्तानमा आर्थिक तथा मानवीय संकट बढेर गएको छ ।