Skip This
थारू भाषाकाे प्रेमगीत ‘ओ सजन २’ सार्वजनिक 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष २७ मंगलबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष २७ मंगलबार १७:o१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

थारू भाषाकाे प्रेमगीत ‘ओ सजन २’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष २७ मंगलबार १७:o१:oo

थारू भाषाकाे प्रेमगीत ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सोमबार सार्वजनिक भएको छ। थारू भाषामा आफ्नो प्रिय मान्छे एवं प्रेमी/प्रेमिकालाई  ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ। यो गीतमा थारू भाषामा जमिरहेका गायक नरेश जोगी, गायिकाद्वय अनु चौधरी र सोनु कुस्मीले स्वर दिएका छन्। 

रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा अभिनेता पल शाहको अभिनय रहेको छ। गीतमा शाह र मधेसी समुदायबाट उदाएकी मोडल कविता रायको क्यामेस्ट्री देख्न सकिन्छ। गीतको शब्द र संगीत नरेश जोगीको रहेको छ । गीतमा सहकलाकारका रूपमा कृष्ण जोशी, जुरी ठाकुल, विद्या कार्की, लोकेन्द्रराज चौधरी रहेका छन् । गीतको भिडियोमा विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको छ ।