१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ दिल्ली एजेन्सी
२o८१ बैशाख ३१ सोमबार १६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

उडिसामा पाँच सय मेगावाट सौर्य ऊर्जा उत्पादन हुने 

Read Time : < 1 मिनेट
नयाँ दिल्ली एजेन्सी
नयाँ पत्रिका एजेन्सी
२o८१ बैशाख ३१ सोमबार १६:o३:oo

भारतको सरकारी ऊर्जा उत्पादक कम्पनी नेसनल हाइड्रो इलेक्ट्रिक पावर कम्पनी (एनएचपिसी)ले उडिसाको ग्रिन इनर्जिक डेभलपमेन्ट कर्पोरेसनसँग पाँच सय मेगावाट ऊर्जा उत्पादन गर्ने सम्झौता गरेको छ। सौर्य ऊर्जाबाट विद्युत् निकाल्न लागिने ज्वाइन्टभेन्जरमा सुरुमा तीन सय मेगावाट बिजुली उत्पादनका लागि २० अर्ब रुपैयाँ खर्च हुने इकोनोमिक टाइम्सले जनाएको छ। 

उडिसा सरकारका ऊर्जा राज्यमन्त्री दिव्यशंकर मिश्रको उपस्थितिमा एनएचपिसीका एके सिंह र उडिसाको उत्पादक कम्पनीका तर्फबाट विष्णुपद सेठीले हस्ताक्षर गरेको भारतीय ऊर्जा मन्त्रालयले जनाएको छ। उनीहरूबीच एक वर्षअघि ऊर्जा सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। अब दुवै कम्पनीका तर्फबाट एउटा साझा कम्पनी स्थापना हुनेछ र त्यसले भारत सरकारको निर्देशनअनुसार काम अघि बढाउनेछ। केन्द्र सरकारमातहतको कम्पनीको दुईतिहाइ लगानी हुनेछ भने एकतिहाइ उडिसाको कम्पनीको हुनेछ। 

एनएचपिसीले तीनजना निर्देशक तथा एकजना प्रमुख कार्यकारी अधिकृत पाउनेछ भने उडिसाको कम्पनीले एकजना निर्देशक तथा मातहतका अन्य महत्वपूर्ण पद पाउने सम्झौतामा उल्लेख छ। उडिसामा नवीकरणीय ऊर्जाका क्षेत्रमा गर्न लागिएको यो ठूलो लगानी भएको इकोनोमिक टाइम्सले जनाएको छ। 
 
 

ad
ad