मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विराटनगर जुटमिल परिसरमानिर्माण भैरहेको होल्डिङ सेन्टर। 
गणेश लम्साल विराटनगर
२०७८ पौष २५ आइतबार १२:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विराटनगरमा निर्माण भइरहेको ‘होल्डिङ सेन्टर’ अझै अधुरो 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ पौष २५ आइतबार १२:४३:००

विराटनगरमा निर्माण भइरहेको  होल्डिङ सेन्टर  सञ्चालनमा आउनसकेको छैन। संघीय सरकारले उपलब्ध गराएको कुल २८ करोड ९१ लाख रुपैयाँ बजेटमा नेपाली सेनाले ठेकेदार कम्पनीमार्फत निर्माण गराइरहेको  मोरङ विराटनगर– १६ रानीको होल्डिङ सेन्टर  निर्माण सम्पन्न नहुँदा अझै सञ्चालनमा आउन नसकेको हो। कोरोना महामारी बढेपछि शंकास्पद बिरामीलाई राख्न उक्त सेन्टर बनाउन लागिएको हो।    

मोरङको थलाहास्थित  अर्जुनवाण गणका अनुसार  संघीय सरकारले बजेट निकासा गरिएपछि  हनुमान कन्स्ट्रक्सन कम्पनीबाट होल्डिङ सेन्टर  धमाधम निर्माण गराइरहेको  छ।   गणपति अमृत थापाका अनुसार स्थान छनाेट कार्य ढिलाइ हुँदा र वर्षायामले गर्दा भदौमा सम्पन्न भइसक्नुपर्ने होल्डिङ सेन्टर समयमा निर्माण सम्पन्न हुन नसकेको हो। 

नेपाली सेनाले ३ असारमा ६० दिनभित्र निर्माण सम्पन्न हुने गरी हनुमान कन्स्ट्रक्सनलाई होल्डिङ सेन्टरको ठेक्का दिएको थियो। बजेट निकासा, स्थान छनाेटमा विलम्ब भएको र वर्षायामले काममा बाधा पुर्‍याएकोले निर्माण सम्पन्न गर्न चैतसम्म म्याद थप गरिएको छ।   

विराटनगरमा निर्माण भइरहेको होल्डिङ सेन्टरमा जम्मा २२ वटा घर निर्माण भइरहेका छन्। जसमध्ये २० वटा घर मानिस बस्नका लागि प्रयोग गरिनेछ। दुईवटा घर बन्दोबस्तीका लागि प्रयोग हुनेछन्। होल्डिङ सेन्टर एक एक हजार जना बस्न सक्ने क्षमताको हुनेछ। होल्डिङ  सेन्टरमा शौचालय, भान्सासहितको आवासीय घर अनि फार्मेसी र क्लिनिकलगायतका सुविधाहरू हुनेछन्।  

मेचीनगरको होल्डिङ सेन्टर पचहत्तर प्रतिशत निर्माण  
प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीका अनुसार झापाको मेचीनगर पालिका– १४ धाईजनमा पनि हजारजना क्षमताको  होल्डिङ सेन्टर निर्माण भइरहेको छ। स्थानीय हडियाखोलाको किनारको नदी उकास जमिनमा निर्माण भइरहेको होल्डिङ सेन्टरको पचहत्तर प्रतिशत काम पूरा भइसकेको छ। सचिव पराजुलीका अनुसार दुवै होल्डिङ सेन्टरको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको टोलीले  अनुगमन गरिसकेको छ। सबै संरचना निर्माण भइनसके पनि आवश्यक परे दुवै होल्डिङ सेन्टरमा तीन सयजनासम्म मानिस राख्न सकिनेछ। 

प्रदेश १ मा लकडाउनको समयमा कोरोना संक्रमण रोकथामनका लागि निर्माण गरिएका अस्थायी होल्डिङ सेन्टरहरू सबै बन्द भइसकेका छन्। पालिकाहरूमा निर्माण भएका आइसोलेसन सेन्टरहरूलाई यथावत् राखेर साना होल्डिङ सेन्टरको रूपमा विकास गर्न सबैलाई प्रदेश सरकारले निर्देशन गरिसकेको प्रदेश सचिव पराजुलीले बताए।