१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २२ बिहीबार
  • Sunday, 22 September, 2024
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमाउपचाररत बिके पाल्पाली
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २२ बिहीबार २१:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार पाल्पालीको दुवै मिर्गौला फेल, उपचारमा सहयोग गरिदिन परिवारको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २२ बिहीबार २१:३४:oo

नेपाली साहित्य र पत्रकारितामा सक्रिय बिके पाल्पाली (विजय पोखरेल) को दुवै मिर्गौला फेल भएका छन् । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरस्थित आइसियू वार्डमा उनको उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा समस्या भएको छ । 

उनको परिवारजनले सक्दो सहयोग गरेर पाल्पालीको जीवनरक्षा गरिदिन आग्रह गरेका छन् । बिके पाल्पालीकी श्रीमती रेणुका भट्टराईको नाममा कुमारी बैंक पुतलीसडकमा रहेको खाता नं. 0010002517300001 मा सक्दो सहयोग गरिदिन पाल्पालीको परिवारले अपिल गरेको छ। भट्टराईको मोबाइल नम्बर 9841187075 मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिनेछ ।