निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार २१ मंगलबार
  • Tuesday, 05 July, 2022
माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गर्न प्रदेश निर्वाचन कार्यालय पोखरामा पुगेका उम्मेदवारसहितको र्‍याली । तस्बिर : रासस
किरण दहाल काठमाडाैं
२०७८ पौष २१ बुधबार ०६:०८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचन : १९ पद, ९ दल,  ४३ उम्मेदवार

Read Time : > 2 मिनेट
किरण दहाल, काठमाडाैं
२०७८ पौष २१ बुधबार ०६:०८:००

२१ पुसमा उम्मेदवारीमाथि दाबी विरोधको उजुरी दर्ता, २२ र २३ पुसमा उजुरीमाथि जाँचबुझ र  निर्णय, २४ पुसमा उम्मेदवारले नाम फिर्ता र २५ पुस उम्मेदवारको अन्तिम नामावली प्रकाशन

कुन पार्टीका कति सांसदको पदावधि सकिँदै छ ?
आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादीका चार र कांग्रेसका तीन  सदस्यको पदावधि सकिँदै छ । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । 

मतदान केन्द्र
आयोगले मतदान केन्द्र पनि सार्वजनिक गरिसकेको छ । प्रदेश १ मा दुईवटा मतदानस्थल/केन्द्र र अन्य ६ वटा प्रदेशमा एक–एकवटा मतदानस्थलभित्र दुई–दुईवटा मतदान केन्द्र रहने गरी आठवटा मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएका छन् । ६ पुसमा आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतसमेत नियुक्त गरेको थियो । निर्वाचन आयोगले यसअघि गत १ पुसमै मतदाता संख्या सार्वजनिक गरेको थियो ।

...                            ...

राष्ट्रिय सभा सदस्यका १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी १२ माघमा हुने निर्वाचनका लागि सातै प्रदेशबाट गरी ४३ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले यही २५ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । 

निर्वाचनका लागि मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रमअनुसार सबै निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ । 

प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट तीन–तीन सिट र प्रदेश २, बागमतीबाट दुई–दुई सिटका लागि निर्वाचन हुँदै छ । राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बाहिरिँदै छन् । २० मध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

राष्ट्रिय सभाका लागि दर्ता भएका १२ मध्ये नौ दलले उम्मेदवारी दर्ता गराएका छन् । सत्तागठबन्धनमा रहेका पाँच (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चा) दल, विपक्ष एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, मजदुर किसान पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेसहितका अन्य दलले आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । सबै दलको उम्मेदवारी अन्तिमसम्म कायम रहे कतै द्विपक्षीय र कतै त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । गठबन्धन र एमालेले सातै प्रदेशमा उम्मेदवारी दिए पनि अन्य दलले आंशिक उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनमा रहेका दलले एमालेका आठ सिटमा भागबन्डा गरेर उम्मेदवारी दिएका छन् । 

क–कसको उम्मेदवारी ?

प्रदेश–१

  •  महिला– रञ्जु प्याकुरेल (राप्रपा), जयन्तीदेवी राई (एकीकृत समाजवादी), सुमित्रा सुवेदी भण्डारी (एमाले)
  •  अपांगता भएका व्यक्ति वा अल्पसंख्यक– सोनाम गेल्जेन शेर्पा (एमाले), हेमराज राई (जसपा)
  •  अन्य– गोपालकुमार बस्नेत (कांग्रेस), गुरुप्रसाद बराल (एमाले), अमरबहादुर विष्ट (राप्रपा)

प्रदेश–२

  •  महिला– उर्मिला अर्याल (माओवादी केन्द्र), रूपाकुमारी यादव (लोसपा), विना देवी (एमाले)
  •  अन्य– महमद खालिद (जसपा), उसमान अन्सारी (एमाले)

बागमती

  •  महिला– गीता काफ्ले (नेमकिपा), गोमादेवी तिमिल्सिना (एकीकृत समाजवादी), नीरकुमारी कुँवर (एमाले)
  •  अन्य– कृष्णबहादुर तामाङ (नेमकिपा), कृष्णप्रसाद पौडेल (कांग्रेस), गोपाल शाक्य (एमाले)

गण्डकी

  •  महिला– कमला पन्त (कांग्रेस), लीला पोखरेल (एमाले)
  •  दलित– भुवनबहादुर सुनार (माओवादी केन्द्र), अर्जुनकुमार सुनाम (एमाले)
  •  अन्य– सुरेश आलेमगर (माओवादी केन्द्र), पुण्यप्रसाद पौड्याल (एमाले)

लुम्बिनी

  •  महिला– भारती उपाध्याय खनाल (एमाले), राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी)
  •  दलित– कृष्ण सुनार (एमाले), तुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा)
  •  अन्य– रामदयाल गुप्ता (एमाले), युवराज शर्मा (कांग्रेस)

कर्णाली

  •  महिला– दुर्गा गुरुङ (कांग्रेस), गंगा थापा (एमाले)
  •  अपांगता भएका व्यक्ति वा अल्पसंख्यक– नरबहादुर विष्ट (माओवादी केन्द्र), पदमबहादुर माझी (एमाले)
  •  अन्य– चूडामणि शर्मा (एमाले), उदयबहादुर बोहरा (एकीकृत समाजवादी)

सुदूरपश्चिम

  •  महिला– सन्तोषकुमारी शर्मा थापा (एमाले), मदनकुमारी शाह ‘गरिमा’ (एकीकृत समाजवादी)
  •  दलित– नरेशकुमार विश्वकर्मा (एमाले), जगतबहादुर पार्की (माओवादी केन्द्र)
  •  अन्य– डिल्लाराज भट्ट (एमाले), नारायणदत्त मिश्र (कांग्रेस)