१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २० मंगलबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २० मंगलबार २१:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

जम्मुकस्मिर प्रशासनले सुशासन इन्डेक्स तय गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २० मंगलबार २१:२४:oo

भारतको केन्द्र शासित जम्मुकस्मिर प्रशासनले जिल्ला तहमै सुशासन इन्डेक्स तय गर्न लागेको छ । केन्द्रीयमन्त्री जितेन्द्र सिंहले जम्मुकस्मिरका हरेक जिल्लामा सुशासन इन्डेक्स तय गरिने र भारतभरकै लागि यो उदाहरणीय हुने जिकिर गरेका छन् । 

‘जिल्लागत सुशासन इन्डेक्स तय गरिने भारतको जम्मुकस्मिर पहिलो केन्द्र शासित प्रदेश हुने छ,’ केन्द्रीयमन्त्री सिंहले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘विशेषगरी प्रशासकीय सुधार तथा जनहितमा जोड दिने गरि यो तय गर्न लागिएको हो । केन्द्र सरकार र जम्मुकस्मिर सरकारबीचको समन्वयमा यो इन्डेक्स लागू गर्ने तयारीमा छौँ । हैदरबादस्थित सेन्टर फर गुग गभर्नेन्ससँगको प्राविधिक सहयोगमा सुशासन इन्डेक्स लागू गर्दै छौँ ।’

जिल्ला प्रशासनहरूलाई जनउत्तरदायी बनाउन, पारदर्शिता कायम गर्न, प्रशासनमा नागरिकको सहभागिता वृद्धि गर्न तथा समयमै सरकारी काम सम्पन्न गर्न चाल्न लागिएको यो नयाँ कदम भएको मन्त्री सिंहको दाबी छ । प्रशासन सुधारका लागि ५८ मापदण्ड तोकिएको उनको भनाइ छ । 

जिल्लाको विकासका विभिन्न क्षेत्रहरू कृषि, वाणिज्य तथा उद्योग, मानव संसाधन विकास, जनस्वास्थ्य, जनपूर्वाधार तथा उपयोगिता, आर्थिक सुशासन, जनकल्याण र विकास, जनसुरक्षा, न्यायालय तथा नागरिकमुखी प्रशासनका लागि मापदण्ड ल्याउन लागिएको उनले बताए । प्रधानमन्त्री मोदीको अवधारणाअनुसार जम्मुकस्मिरमा कम सरकार बढी सुशासनअन्तर्गत यो कदम उठाउन थालिएको र यो टोलटोलमा विस्तार हुने पनि मन्त्री सिंहले बताए । 

ad
ad
ad
ad