१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Friday, 05 July, 2024
२o७८ पौष १९ सोमबार २१:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

आयोजक त्रिवेणी र समाज कल्याण युवा क्लब काठमाडौं सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार २१:२६:oo

लमजुङमा जारी २९औँ त्रिवेणी कप फुटबल प्रतियोगितामा आयोजक त्रिवेणी युवा क्लब बेँसीसहर र समाज कल्याण युवा क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेका छन् । बेँसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा सोमबार पहिलो खेलमा आयोजक त्रिवेणीले रोड्स रामपुर चितवनलाई २–१ गोलले हराएको थियो । दोस्रो खेलमा कालिका स्पोर्टस् एकेडेमी चितवनलाई ३–२ गोलले हराउँदै समाज कल्याण सेमिफाइनलमा प्रवेश गरेको हो ।  

जिल्लाकै सर्वाधिक  राशीको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको  विजेताले ५ लाख , त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछन् । उपविजेताले ३ लाख, रजत पदक र प्रमाणपत्र पाउनेछन् ।  सेमिफाइनल पुगेका २ टिमलाई नगद ५० ५० हजार  दिइने आयोजकले जनाएको छ । 

आयोजकका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई १५ १५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्रिवेणी कपको फाइनल प्रवेशका लागि मंगलबार बिहान ११ बजे पहिलो खेल साबिक विजेता आयोजक त्रिवेणी युवा क्लब बेँसीसहर र टोखा भगवती क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुँदै छ । 

यस्तै, बुद्ध युवा क्लब भोटेओडार र समाज कल्याण युवा क्लब काठमाडौंबीच खेल हुने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङले बताए। मंगलबार २ खेल हुने र फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ ।

ad
ad
ad
ad