Skip This
२३औँ पोखरा सडक महोत्सव सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o८:११:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

२३औँ पोखरा सडक महोत्सव सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o८:११:oo

‘सडकमै खाऔँ, सडकमै नाचाैँ र सडकमै रमाऔँ’ भन्ने नारासहित पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा सडक महोत्सव सुरु भएको हो । अंग्रेजी नयाँ वर्षको अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले २३औँ संस्करणको महोत्सव आयोजना गरेको हो । महोत्सव तीन दिनसम्म चल्नेछ । 

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्य स्थलका रूपमा विकास गर्ने उद्देश्यले रेबान पोखराले २३ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको छ । लेकसाइडको फिस्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको करिब साढे तीन किलोमिटर सडकमा महोत्सव भइरहेको छ । 

फेवाताल किनारको कोमागाने पार्कमा महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका थिए । महोत्सव उद्घाटनअघि लेकसाइडको हल्लनचोकबाट विभिन्न जातजाति, आमा समूह, संघसंस्थासँगै विभिन्न भागबाट आएका सांस्कृतिक समूहको झाँकी र नृत्यसहितको र्‍याली कोमागाने पार्कमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो । महोत्सव अवधिभर त्यस क्षेत्रमा सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूले आफ्ना भान्सा सडकमै राख्ने र त्यहीँबाट पर्यटकलाई सेवा दिनेछन् । महोत्सवमा रेबानमा आबद्ध रेस्टुरेन्टसँगै खाना र अन्य गरी तीन सयभन्दा बढी स्टल सडकमा राखिएका छन् ।                                                                
महोत्सवमा पोखरा र आसपासका कला, संस्कृति, रहनसहनलगायतका सामग्री प्रदर्शनसमेत गरिनेछ । यस्ता क्रियाकलापले विदेशी पर्यटकमाझ नेपाल कलाशैलीको प्रचार हुने महोत्सवका संयोजक योगेश भट्टराईले जानकारी दिए । 

२४सैँ घन्टा पोखरा खोल्न स्थानीयको सहयोग चाहियो : खाण                                                                      

महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाणले पोखरा २४औँ घन्टा खुलोस् भन्ने चाहेको बताएका छन् । उनीभन्दाअघि बोल्ने केही वक्ताले राखेको मागको जवाफ दिने क्रममा उनले यसका लागि स्थानीयको सहयोग आवश्यक रहेको बताए । 

उनले पोखराको सबै स्थान २४औँ घन्टा खुला गर्न सुरक्षाको कारण नसकिने भन्दै कुन–कुन स्थान २४सैँ घन्टा खुलाउन सम्भव छ त्यसका लागि स्थान पहिचान गर्न आयोजक रेबान एवं पर्यटन व्यवसायीहरूलाई आग्रह गरे । उनले भने, ‘जुन–जुन स्थान खुला गर्ने हो त्यसको लागि त्यहाँका जनप्रतिनिधि एवं स्थानीय बासिन्दा सहमत हुनुपर्छ । उनीहरू तयार भए आवश्यक शान्ति सुरक्षा दिन सरकार तयार छ ।’ यसका लागि आवश्यक तयारी थाल्न उनले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई छलफल अघि बढाउन निर्देशनसमेत दिए । उनले प्रहरीलाई राति रेस्टुरेन्टमा छिरेर बन्द गराउँदै नहिँड्न र पर्यटन व्यवसायलाई सहयोग गर्न निर्देशनसमेत दिए ।

कार्यक्रममा रेबानका प्रथम उपाध्यक्ष संघर्ष विष्टले रेस्टुरेन्टलाई हेर्ने सरकारको नजर ठीक नभएको आरोप लगाए । उनले रेस्टुरेन्ट व्यवसायलाई उद्योगको मान्यता दिनसमेत माग गरे । नेपालभरका रेस्टुरेन्टले वार्षिक रूपमा करिब १८ अर्बबराबरको कारोबार गर्ने र एक लाख ५० हजारजनालाई प्रत्यक्ष रोजगार दिएको उनको भनाइ थियो ।

ad
ad