मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष १५ बिहीबार
  • Monday, 21 July, 2025
भवानीश्वर गौतम काठमाडाैं
२o७८ पौष १५ बिहीबार o५:५५:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ठूला दलका महाधिवेशनमा बहालवाला शिक्षक प्रतिनिधि

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १५ बिहीबार o५:५५:oo

एमाले र कांग्रेसपछि माओवादीको महाधिवेशनमा पनि शिक्षक–प्राध्यापक प्रतिनिधिका रूपमा सहभागी भएका छन् । सरकारी सेवासुविधा लिएका शिक्षकलाई महाधिवेशन प्रतिनिधि बनाउनु कानुनविपरीत हो । शिक्षकले पार्टीको राजनीति गर्दा पेसा नै आलोचित छ ।

काठमाडौंमा जारी माओवादी केन्द्रको महाधिवेशनमा निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकरबहादुर अधिकारी प्रतिनिधि बनेका छन् । शिक्षक संगठनको अध्यक्ष भए पनि अधिकारीले पार्टी संगठनको जिम्मेवारीसमेत लिएका छन् । उनी माओवादीको उपत्यका विशेष प्रदेश कमिटीका कोषाध्यक्ष हुन् । अधिकारी युद्धकालका विस्थापित शिक्षक हुन् । पार्टीले शिक्षक प्रतिनिधिको सूची गोप्य राख्ने प्रयास गरेका छन् ।

त्यसैगरी, बहालवाला शिक्षक झपेन्द्र क्षेत्री, ऋषि काफ्लेसहित दर्जनौँ शिक्षक प्रतिनिधि आएको शिक्षकहरूले बताएका छन् । त्यसैगरी, त्रिभुवन, पोखरा विश्वविद्यलयका स्थायी शिक्षकसमेत महाधिवेशनमा सहभागी भएका छन् । त्रिविका प्रा.डा. राजनप्रसाद पोखरेल, प्रा.डा. सूर्यबहादुर थापा, प्रा.डा. अर्जुन बास्तोला, डा. जगतकृष्ण श्रेष्ठ, डा. हरिराम पराजुली महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका छन् । त्यसैगरी, पोखरा विश्वविद्यालयका डा. खेमराज जोशी पनि महाधिवेशनमा सहभागी छन् । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले सरकारी सेवासुविधा लिएका बहालवाला शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण गर्नसमेत बन्देज गरेको छ । यसविपरीत एमाले तथा कांग्रेसले अधिवेशनमा प्रतिनिधि छनोट गरेका थिए । अहिले माओवादी केन्द्रले पनि शिक्षक प्रतिनिधिका रूपमा भिœयाएको छ । 

सबैभन्दा धेरै शिक्षक कांग्रेसको केन्द्रीय र प्रदेश महाधिवेशनमा प्रतिनिधि थिए । कतिपय शिक्षक कांग्रेस क्षेत्रीय प्रतिनिधि छन् । शिक्षकहरू नगर सभापति, सचिव तथा सदस्य, क्षेत्रीय सदस्यसमेत भएका छन् । निर्वाचित कतिपय शिक्षकले राजीनामासमेत दिएका छन् । 

एमालेको चितवन महाधिवेशनमा प्रतिनिधिका एक दर्जनभन्दा बढी शिक्षक महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका थिए । एमाले दशौँ महाधिवेशनमा समेत शिक्षकहरू केन्द्रीय प्रतिनिधिका रूपमा सहभागी थिए । भर्खरै सम्पन्न राप्रपा अधिवेशनमा भने शिक्षक प्रतिनिधि नल्याएको नेता मोहन श्रेष्ठले दाबी गरे ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले पार्टीका प्रतिनिधि भएर आएका शिक्षकका विषयमा केही उजुरीसमेत परेको र यसमा सम्बन्धित विद्यालय तथा जिल्ला शिक्षा विकास समन्वय एकाइबाट कारबाही प्रक्रिया अघि बढेको बताए । त्रिभुवन विश्वविद्यालयले समेत राजनीतिक गतिविधिमा लागेका शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको थियो । 

माओवादी महाधिवेशन प्रतिनिधि शिक्षकहरू

  • शंकरबहादुर अधिकारी, काठमाडौं
  • झपेन्द्रबहादुर क्षेत्री, बाग्लुङ
  • ऋषि काफ्ले, चितवन
  • प्रा.डा. राजनप्रसाद पोखरेल, त्रिवि
  • प्रा.डा. सूर्यबहादुर थापा, त्रिवि
  • प्रा.डा. अर्जुन बास्तोला, त्रिवि
  • डा. जगतकृष्ण श्रेष्ठ, त्रिवि
  • डा. हरिराम पराजुली, त्रिवि
  • डा. खेमराज जोशी, पोखरा विश्वविद्यालय

कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरू

  • युवराज बस्नेत, ताप्लेजुङ
  • शिला इजम, ताप्लेजुङ
  • रीता सेनेहाङ, ताप्लेजुङ
  • वीरेन्द्रकुमार खड्का, पाँचथर
  • गोपाल पोखरेल, पाँचथर
  • आशा आङ्देम्बे, पाँचथर
  • उद्धव पौडेल, इलाम
  • हरिप्रसाद लुइँटेल, इलाम
  • पूर्णप्रसाद गौतम, इलाम
  • तेजप्रसाद चौलागाईं, झापा
  • शान्ता निरौला, झापा
  • थिरेन्द्रबहादुर लिम्बु, धनकुटा
  • गंगाराम ढुंगाना, धनकुटा
  • मात्रिका न्यौपाने, मोरङ
  • अंशु ठाकुर, मोरङ
  • थिरबहादुर राई, संखुवासभा
  • चन्द्रकुमार घुन्डे, संखुवासभा
  • बद्रीनारायण चौधरी, सुनसरी
  • टेकनारायण कार्की, तेह्रथुम
  • तिलक कटुवाल, उदयपुर
  • सीता स्माइली मगर, उदयपुर
  • सरस्वती ढुंगाना, उदयपुर
  • तस्बिरा तामाङ, उदयपुर
  • निलमकुमारी यादव, सप्तरी
  • निर्मलाकुमारी यादव, सप्तरी
  • राजदेव मण्डल, सिराहा
  • मेघनाथ यादव, धनुषा
  • रामकृपालप्रसाद यादव, रौतहट
  • राममंगलप्रसाद यादव, रौतहट
  • ओमप्रकाश महतो, रौतहट
  • देवेन्द्र गिरी, बारा
  • प्रेमप्रसाद भट्टराई, सिन्धुली
  • रमेशप्रसाद गौतम, सिन्धुली
  • नृप भुजेल, सिन्धुली
  • अरुणकुमार थिङ, सिन्धुली
  • यशोदा कोइराला, सिन्धुली
  • सम्झना भोलन, सिन्धुली
  • सुशीला थिङ, सिन्धुली
  • गीता सिवाकोटी, दोलखा
  • सिर्जना सुवेदी, दोलखा
  • सिर्जना अधिकारी, काठमाडौं
  • मनमैयाँ गिरी, काठमाडौं
  • तारा बुढाथोकी, काठमाडौं
  • रुक्मणी गिरी, काठमाडौं
  • सुदर्शन घिमिरे, ललितपुर
  • रञ्जना कक्षपति, भक्तपुर
  • देवी बुर्लाकोटी, धादिङ
  • शुभलक्ष्मी मानन्धर, काभ्रेपलाञ्चोक
  • सबिता गुरुङ, सिन्धुपाल्चोक
  • शर्मिता घिमिरे, सिन्धुपाल्चोक
  • शिरोमणि लामिछाने, कास्की
  • किशोरदत्त बराल, कास्की
  • कुलदेवी बराल, कास्की
  • चिनु पोखरेल, तनहुँ
  • नारायणी अधिकारी, तनहुँ
  • लक्ष्मी रेग्मी, स्याङ्जा
  • भरतप्रसाद लम्साल, स्याङ्जा
  • यज्ञप्रसाद घले, मनाङ
  • कुलप्रसाद उपाध्याय, पर्वत
  • वसन्तबहादुर सिके, पर्वत
  • उमाकान्त पौडेल, बाग्लुङ
  • सागर खरेल, बाग्लुङ
  • बेमकुमारी थापा, बाग्लुङ
  • नारायण शर्मा पौडेल, बाग्लुङ
  • विष्णु पाण्डे, नवलपरासी
  • चन्दबहादुर राना, नवलपरासी
  • बालकृष्ण घिमिरे, नवलपरासी
  • दीपक विक, लमजुङ
  • नुरमोहम्मद मियाँ, लमजुङ
  • राजु गुरुङ, लमजुङ
  • दुर्गा न्यौपाने, कपिलवस्तु
  • तनुश्री भण्डारी, कपिलवस्तु
  • गोपाल भण्डारी, कपिलवस्तु
  • धनकला भण्डारी, गुल्मी
  • प्रेमनारायण भण्डारी, गुल्मी
  • हिमकला राना, गुल्मी
  • हिरासिंह सराङकोटी, गुल्मी
  • रामबहादुर विक, गुल्मी
  • मीना राना, गुल्मी
  • मानबहादुर राहडी, गुल्मी
  • कौरव खत्री, गुल्मी
  • कुलप्रसाद लामिछाने, रुपन्देही
  • नन्दराम भट्टराई, अर्घाखाँची
  • सावित्रा अधिकारी, प्युठान
  • सुशीला सुवेदी, दाङ
  • कल्याणकुमार विक, रुकुम पूर्व
  • पवनकुमार यादव, बाँके
  • ज्ञानेन्द्र रावल, बर्दिया
  • देवकीनन्दन त्रिपाठी, बर्दिया
  • लक्ष्मण कार्की, डोल्पा
  • हिमाली शाह, डोल्पा
  • मधु बस्नेत शाही, हुम्ला
  • जुनराज हमाल, हुम्ला
  • तीर्थजंग शाही, सुर्खेत
  • झकबहादुर डाँगी, सुर्खेत
  • मैना विक, सुर्खेत
  • अरुणा महत, दैलेख
  • भीमकुमारी भण्डारी, दैलेख
  • इलम शाही, जाजरकोट
  • पदमराज अधिकारी, अछाम
  • वसन्ती विष्ट, अछाम
  • मीरा खड्का, अछाम
  • दुर्गा विक., अछाम
  • शान्ति गिरी, बझाङ
  • हरीशचन्द्र राना, कञ्चनपुर

एमाले महाधिवेशन प्रतिनिधि शिक्षक

  • धर्मसिंह विश्वकर्मा, डोटी
  • कृष्णकुमार खड्का, धनकुटा
  • भागरथी धामी, धनकुटा
  • सुभद्रा बन्जारा, पर्सा
  • नन्दराम देवकोटा 

आयोगको निर्देशनसमेत टेरेनन् 
निर्वाचन आयोगले गत ८ मंसिरमा दर्ता कायम रहेका सबै  दललाई राजनीतिक दलसम्बन्धी ऐनअनुसार बहालवाला प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई सदस्यता वितरण नगर्न/नगराउन निर्देशन दिएको थियो । तर, ठूला दलहरूले नै आयोगको निर्देशन अटेर गरी सदस्यता वितरण मात्र होइन, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि तथा विभिन्न कमिटीमा राखेका छन् । 

केही राजीनामा दिने पनि छन्
दलका अधिवेशन सुरु भएसँगै राजीनामा दिने क्रम पनि बढेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार विगतमा भन्दा तीन महिनायता शिक्षकको राजीनामा दिने क्रम बढेको छ । अहिले प्रतिमहिना साढे तीन सयको हाराहारीले राष्ट्रिय किताबखाना (शिक्षक)मा राजीनामा दिएको पाइएको उनले बताए । राजनीतिक गतिविधिमा संलग्न हुनेहरूले समेत राजीनामा दिएको हुन सक्ने उनको भनाइ छ । कांग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार प्रमोदहरि गुरागाईंले त्रिविको उपप्राध्यापकबाट राजीनामा दिएका छन् ।