१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १२ सोमबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ पौष १२ सोमबार १४:१७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतको दिल्लीमा आजदेखि रात्रिकालीन निषेधाज्ञा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
२o७८ पौष १२ सोमबार १४:१७:oo

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरसको संक्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमबारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ। ओमिक्रोन भेरियन्टसँग जोडिएका संक्रमितको संख्या वृद्धि भएपछि सरकारले सोमबारदेखि नै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो। 

पछिल्लो २४ घन्टामा दिल्लीका दुई सय ९० थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ। उक्त संख्या पछिल्लो ६ महिनायताकै सर्वाधिक भएको बताइएको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा एकजनाको मृत्यु भएको छ भने यहाँ सक्रिय संक्रमितको संख्या एक हजार एक सयभन्दा बढी छ। 

भारतमा पछिल्लो २४ घन्टामा करिब सात हजार नयाँ संक्रमणका घटना देखिएको संघीय सरकारद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ। हालसम्म भारतमा चार सयभन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको बताइएको छ। रासस/एएनआई