मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष १२ सोमबार ०६:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले भने- एमसिसी नेपालको हितमा छ,  सहमतिमै पास गर्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष १२ सोमबार ०६:३६:००

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी नेपालको हितमा भएकाले सहमतिमा पास गर्ने बताएका छन् । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमसिसी कहाँ राष्ट्रघाती छ ? भनेर प्रश्न समेत गरेका छन् ।

उनले भने ‘एमसिसी राष्ट्रघाती भनेकाले यहाँ बोल्नैपर्ने भयो । राष्ट्रघाती भन्नेले पढेको छ कि छैन, त्यो पनि थाहा छैन । पहिला पढ्नुपर्‍यो, एमसिसी कहाँ छ राष्ट्रघाती ? मैले त कहीँ पनि राष्ट्रघात देखेको छैन । म पनि नेपालको प्रधानमन्त्री हुँ । नेपाल राष्ट्रको खिलापमा जाउँला म ? म पनि राष्ट्रका लागि लडेको मान्छे हुँ । के राष्ट्रघात काम गरौँला ? राष्ट्रघाती सन्धि किन गरौँला ? यो तपाईंहरू सबैले पढ्नुस् । हाम्रोबीचमा छलफल हुँदै छ । प्रचण्डलगायत नेताहरूसँग छलफल गरिरहेका छौँ । एमसिसी नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो यो । सित्तैमा आएको पैसा चाहिँदैन रे ! वल्र्ड बैंक, एडिबीबाट हामी ऋण लिन्छौँ, त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । एमसिसी सित्तैमा आएको छ, नेपालको कानुन मान्छु भनेको छ । तैपनि मान्दैनन् । राम्रोसँग बुझ्नुप¥यो क्या ! मलाई लाग्छ, यसमा सहमति भएर हामी पास गर्नेछौँ ।