१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

५७औँ दिनमा बागमतीमा मन्त्रिपरिषद्ले पूर्णता पायो : चौथो चरणमा थपिए तीन मन्त्री र  तीन राज्यमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:४५:oo

बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। ११ कात्तिकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे नेतृत्वको सरकार गठन भएको ५७ दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। पाण्डेले चौथो चरणमा शुक्रबार कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री थप गरेसँगै बागमतीमा १३ मन्त्री र चार राज्यमन्त्री भएका छन्।

नियुक्तिलगतै शुक्रबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा बलराम पौडेल, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य जोन्छेलाई शपथग्रहण गराएका हुन्।
 

ad
ad